जीवन र मृत्यु बुझाउने यी गीत

कुनै समय जहाज दुर्घटना भयो । सोही जहाज दुर्घटनामा आधारित भएर फिल्म बन्यो । सो फिल्मको बीचमा होइन टाइटल गीत नै सफ्ट पप राख्ने कुने कम्ती चुनौतीपूर्ण थिएन । यो चुनौती फिल्म युनिटले स्वीकारेको थियो । यो स्वीकारेको टाइटानिक युनिट सफल भयो । इतिहासको कालजयी गीत मध्येको एउटा गीत बनेको छ, ‘माइ हर्ट विल गो अन’ विश्व सांगीतिक क्षेत्रमा त्यसै स्थान ओगटेको छ, जुन स्थान नेपालको सांगीतिक क्षेत्रमा कालीप्रसाद रिजाल, भीम विराग र रत्नशमशेर थापाका गीतले लिएका छन् ।

लियोनार्डो डी काप्रिसियो र केट विन्सलेट ९० को दशकका संसारकै लोकप्रिय नाम । यो नाम फिल्म दुनियाँका ज्ञाताहरूका लागि अत्यन्त प्रिय । यत्ति मात्र होएन कलामा आफ्नो भविष्य खोज्नेका लागि रोल मोडल र प्रेरणाका स्रोत । इतिहासको पीडादायक क्षण टाइटानिक जहाज दुर्घटना सन् १९९७ मा पर्दामा उतारिएको थियो । अत्यधिक सफल सो चलचित्रले यी २ स्टारलाई कला क्षेत्रमा नयाँ उचाइ पक्कै दिएको हो । यसै फिल्म टाइटानिकको टाइटल गीत ‘माई हर्ट विल गो अन’ अहिले पनि सर्वप्रिय छ । हो त्यो एउटा गीत मात्र थिएन, एउटा जीवनको पीडादायक अन्त्यको कथा थियो । जुन हृदयविदारक दृश्यले सबैलाई जीवनको वास्तविकता बुझ्न बाध्य गराउँथ्यो ।

लियोनार्डो, केट र टाइटानिकलाई त्यस उचाइ दिने टाइटल गीतका लेखक वेल जेनिङ्स भने धेरैका लागि परिचित नाम नहुन सक्छ । हो पर्दा पछाडिका एउटा नायक जसले धेरै स्टारलाई एउटा सफलताको पहाड चढाए, तीनै जेनिङ्सले ८० वर्षको उमेरमा देह त्याग गरेका छन् ।

टेक्ससस्थित आफ्नै निवासमा जीवन बिताएका उनको मृत्युको कारण अझै प्रस्ट छैन । ‘हाइएर लभ’ उनको अर्को अत्यन्त सफल गीत हो । ५ दशकको गौरवशाली क्यारियर बिताएका उनी हलिउडमा सन् १९७६ मा प्रवेश गरेका थिए ।

सन् १९७७ मा कम्पोजर रिचर्ड करसँग मिलेर मेरी बानी लोको लुक्स लाइक वि मेडी इट लेखेका थिए । जेनिङ्सको लेखनमा थुप्रै स्टार छाए । बिबी किङ, ह्विट्नी हाउस्टन, मारिया केरी, जिमी बफेट र रोय ओब्सलगायत कलाकारको स्टारडमको एउटा कारण जेनिङ्स थिए । क्यारियर अवधिभर गीतको लामो साउन्ड ट्रायकमा काम गरेका थिए । सन् १९८३ मा उनी टेलर हाक्फोर्डको एन्ड अफिस एन्ड र जेन्टलम्यानका लागि लेखेको गीत ‘अप ह्वेयर वि बिलिङ’का लागि एकेडेमी अवार्ड पाउन सफल भएका थिए । इरिक क्लाटनको रसका लागि ‘टियर्स इन हेभन’ लेखेका थिए । यसका लागि उनले ग्रामी अवार्ड जितेका थिए भने गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा समेत परे ।

जेम्स क्यामरुनका टाइटानिकका लागि त उनले एकेडेमी अवार्ड, गोल्डेन ग्लोब अवार्ड र ग्रामी अवार्ड एकै वर्ष पाए । यो घटना सन् १९९८ मा भएको थियो । ‘माई हर्ट विल गो अन’का लागि उनले ती सबै पुरस्कार पाएका थिए । ६ पटक ग्रामी अवार्ड पाएका उनी ३ पटक यसका लागि चुनिएका थिए । सन् २००६ मा उनी गीतकार हल अफ फेमका लागि चयन भए । उनको निधनमा धेरै जनाले शोक व्यक्त गरेका छन् । गायक पिटर उफले सामाजिक सञ्जालमा विल जेलिङ्स तेज मस्तिष्क भएका भलाद्मी व्यक्तिको रूपमा सम्झिएका छन् । ‘माइ हर्ट विल गो अन’ सेलिन डियोनले गाएकी हुन् ।

कम्पोजर जेम्स होल्मरको संगीत त अझ उत्कृष्ट छ नै । सो गीत डियोनको एल्बम लेट्स टक एबाउट लभ र टाइटानिक साउन्ड ट्रयाकमा समावेश गरिएका छन् । सुरुमा टाइटानिकका निर्देशक जेम्स क्यामरुन फिल्ममा पप भर्सनको गीत राख्न असहमत थिए । गीतको डेमो सुनेपछि मात्र उनी सहमत भएका हुन् । यो गीत २५ देशमा लोकप्रिय गीतको सूचीमा थियो । यो गीतका कारण डियोनको एल्बम सन् १९९८ मा सबैभन्दा बढी चलेको थियो ।

यस गीतलाई रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिका र नेसनल इन्डारमेन्ट अफ द आर्ट्सेले सर्वकालीन उत्कृष्ट गीतको सूचीमा राखेका थिए । टाइटानिक रिलिज हुनुभन्दा अघि टाइटानिकमा पप गीत राखिएका कारण कमर्सियल रूपले असफल हुने चिन्ता व्याप्त थियो । सोनीले टाइटानिक साउन्ड ट्रयाकका लागि ८ लाख अमेरिकी डलर तिरेर अधिकार लिएपछि फिल्म युनिटमा पनि आशा पलाइएको थियो । सुरुमा यो गीत नर्वेका गायक सिसेल क्रिकजेबोकोलाई गाउन दिने तयारी थियो । पछि डियोनलाई सो अवसर दिइएको हो ।

संगीत कार्यकारी टमी मोटोलाका अनुसार डियोनले एक टेकमा त्यसको रेकर्ड गराएकी थिइन् । डियोनले अर्को गीत ‘लेट्स टक एबाउट लभ’ यसै फिल्म रिलिजको केही समयपछि नोटमा सामान्य परिवर्तन गर्दै रेकर्ड गराएकी थिइन् ।

उनको अर्को गीत ‘हाइएर लभ’ सन् १९८६ मा स्टिभ वि नोटले गाएका हुन् । गीतमा ब्याक ग्राउन्ड भोकल चाका खानको थियो । यसको म्युजिक भिडियो सर्ट सिंग ल भर्सनमा छ । पिटन कागान र पाउला ग्रिफ कागानले यसको निर्देशन गरेका थिए । सन् १९८७ मा एमटिभी म्युजिक भिडियो अवार्डसहित अरू धेरै अवार्ड जित्न सो फिल्म सफल भएको हो ।

रोक विल विथ रक ब्यान्ड ओएसिसको हो । यसको लिड गिटारिस्ट नोएल गालाघार हुन् । गीत पनि उनी आफैँले लेखेका हुन् । १७ अगस्ट १९९५ मा सो गीत टप अफ द पप्समा प्रस्तुत भएको थियो । त्यसै प्रस्तुतिपछि गीतले अझ माथिल्लो उचाइ छोएको थियो । यो सुपरसोनिक गीत हो । यो आफ्नो भर्सनको बन्नका लागि मानिसलाई प्रेरित गर्ने गीत हो ।

सन् १९९८ मा टाइटानिकले १३ वटा एकेडेमी अवार्ड जितेको थियो । एकेडेमी अवार्डको लामो इतिहासमा यो एक अभूतपूर्व सफलता हो । टाइटानिक जति फिल्म हो, टाइटानिक जहाज दुर्घटना इतिहासको त्यत्ति नै हृदयविदारक घटना हो । उत्तर एट्लान्टिक महासागरमा १५ अप्रिल १९१२ मा टाइटानिक जहाज डुबेको थियो । साउथ हम्टनबाट न्युयोर्क जाँदै गरेको सो जहाज पानीमा डुबेको हो । २ हजार २ सय २४ जना सवार यात्रु बरफ जम्ने पानीमा ज्यान गुमाउने अवस्थामा पुगेका थिए । यो इतिहासकै एक वीभत्स घटना हो । १४ अप्रिलको दिन टाइटानिकले ६ वटा चेतावनी साइरन पाएको थियो । एकदमै गतिमा हुइँकिएर टाढा पुगेको सो जहाज फेरि फर्कन असमर्थ बनेको थियो । यसै कथामा बचेकी डोनी विन्फ्रेन्ड ब्राउनले नै अभिनय गरेको सेभ्ड फ्रम द टाइटानिक सन् १९१२ मा रिलिज भएको थियो ।

गीत र फिल्म जीवन उन्मुख होस् । जीवनको अर्थ बोक्ने गीत मात्र सही गीत हुन् । यसै अर्थ बोक्ने गीत सिलोन डियोनका विशेष हुन् । मानिसको जीवनको सबैभन्दा ठूलो र परम सत्य भनेकै मृत्यु हो । यसै सत्यसँग मानिस डराउँछ र भाग्न खोज्छ । तर, यसै मृत्युसँग जोडिएका गीत मानिसले मन पराएका छन् । ‘माइ हर्ट विल गो अन’ मृत्यु स्वीकारेको गीत हो । सायद सो गीतको लोकप्रिताको एउटा कारण त्यो पनि हो । नेपाली गीत संगीतको क्षेत्रमा यम बुद्धको मलामी यसै कोटीको लोकप्रिय गीतको रूपमा रहेको छ ।

सन् २००६ मा माइकल गियाचिनोको लाइफ एन्ड डेथ त्यत्तिकै सफल गीतको रूपमा रहेको छ । अर्को गीत पनि हो । यसै गरी ‘आइएम गोन लिभ विथआउट यु डाइ’ चलेको गीत हो । यसैगरी चर्चित गीतको सूचीमा माउन्टेन गोटको ‘नो चिल्ड्रेन’ पनि हो ।

सबैभन्दा मर्मस्पर्शी गीत ‘आइ जस्ट डाइड टुनाइट इन योर आर्म’ पनि लोकप्रिय गीत हो । गीत कटिङ क्रयुको हो । ८० को दशकमा सो गीत अत्यन्त लोकप्रिय थियो । यस पप गीतका पारखीहरू अहिले पनि त्यस्तै छन् । गीतले साँचो प्रेमलाई पनि चित्रण गरेको छ । सेभ्स द डेको ‘एट योर फेनरल’ लोकप्रिय गीतको सूचीमा रहेको छ । जीवनको सत्य बताउने यस्ता अन्य धेरै गीतको चर्चा सधैँ रहनेछ ।

प्रतिक्रिया