काठमाडौँ । यादवकुमार भट्टराईको निर्देशन रहेको फिल्म ‘झिल्को’को फस्टलुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै ५ पुसलाई प्रदर्शन मिति तय गरिएको जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल नायिका वर्षा सिवाकोटी, कलाकार भोलाराज सापकोटा, विशाल पोखरेल र बालकालाकार आयुषी ढकाल फिचर्ड छन् । पोस्टरको केन्द्र भागमा मोवाइलको स्क्रिनमा आयुषीलाई देख्न सकिन्छ । पोस्टरले उनी संकटमा परेको संकेत गर्छ । बाँकी कलाकार मोबाइलको दायाँ–बायाँ छन् ।
निर्देशक भट्टराईका अनुसार मोबाइल दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या, त्यसले उत्पन्न हुने पारिवारिक र समाजिक घटनामा आधारिक कथामा फिल्म बनेको छ ।
फिल्मबारे उनी थप्छन्, ‘ग्याजेटहरूले बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको छ । प्रयोग गर्न नजान्दा ठूलो समस्याका विकास भएका छन् । यो डिजिटल दुव्र्यसनी बनेको छ । आजको यही संवेदनशील विषय कथा हो, ‘झिल्को ।’
यो फिल्मको छायांकन गत चैत महिनामा सुरु भएको थियो । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा छायांकन भएको बुझिएको छ । निर्देशक भट्टराई फिल्म ‘झोला’ निर्देशन गरेर चर्चामा आएका हुन् । उनको निर्देशन रहने यो तेस्रो फिचर फिल्म हो । झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देव व्रतले तयार पारेका हुन् । मिडिया फर कल्चरको प्रस्तुति रहने यस फिल्मको निर्मात सुशीला आचार्य हुन् । कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।
प्रतिक्रिया