काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा ‘आँशुको मूल्य’बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
उक्त गीतकोे भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । माया प्रेममा हुने एक आपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयास गरिएको निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ ले बताए ।
अलोन रेश्माको शब्द रचना र विशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया