बद्री पंगेनीसँगको सहकार्यमा कस्तुपको ‘मगमग बासना’

काठमाडौँँ । गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमा शब्द निकै मिठासपूर्ण छन् ।

गायक बद्री र रचनाको स्वरमा गीत कर्णप्रिय बनेको छ । गीतमा माया प्रेमबाटै अनन्तयात्रा हुन सक्ने चर्चा गरिएको छ । लोक तथा आधुनिक गीतसंगीतमा एउटा अलग्गै उचाइ बनाउन सफल सर्जक पन्तको यो गीतले पछिल्लो समय लोकगीत संगीतमा देखिएको मौलिक खडेरी टारेको बताइएको छ । गीतको एरेन्ज एचबिएन किस्मतले गरेका हुन् ।

गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ । प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र दीपक बिष्टको सम्पादन छ । गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानल कस्तुप पन्त युट्युबबाट सार्वजनिक गरिएको छ ।

गीत सबै बर्गमा मानिसको रुचिमा ध्यानमा राखेर निर्माण गरिएको सर्जक पन्तले बताए । उनले गीतसंगीत श्रोता तथा दर्शकले रुचाउने विस्वास गरेका छन् । सार्वजनिक भए देखिनै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

कस्तुप पन्तको शब्द संगीतमा रहेको गीत ‘मगमग बासना’ मेरो आफ्नो शैलीको निरन्तरता भएको गायक बद्री पंगेनीले बताए । ‘दर्शकले यो सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास छ’, पंगेनीले भने ‘यो गीत प्रति पनि श्रोतादर्शकको आर्शिवाद मिल्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया