काठमाडौँ । १७ असोजबाट प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा उमेर पुगेका छोरीको बिहे गर्नलाई वर खोज्न गर्नुपरेको सकसको कथा छ ।
ट्रेलरमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल लगायतका कलाकारहरू अभिनीत छन् । नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
स्वस्तिमालाई विवाहका लागि दुलाह खोजिरहेकी ३० वर्षीय युवतीका देख्न सकिन्छ । बिहेको दबाबबीच युवतीले गर्नुपरेको संघर्ष ट्रेलरमा देखाइएको छ । वैवाहिक सामाजिक मूल्यमान्यताप्रति फिल्मले व्यंग गर्छ ।
सामाजिक कथासँगै कमेडीले दर्शकको ध्यान तान्छ । फिल्ममा निश्चल, स्वस्तिमा र विजयसहित वसुन्धरा भुसाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरूको यो डेब्यु निर्देशकीय फिल्म हो ।
अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा श्रीमान् निश्चल बस्नेतले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् । नरेन्द्र मैनालीले खिचेका फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसीएनले वितरण गर्नेछ ।
प्रतिक्रिया