कन्दराको विश्व भ्रमण कार्यक्रम

काठमाडौँ । चर्चित लोकपप ब्यान्ड कन्दराले वल्र्ड टुरको घोषणा गरेको छ । स्थापनाको ३२ वर्षको अवसरमा ब्यान्डले सन् २०२४ र ०२५ का लागि ८ देशका कन्सर्टको लाइनअप पनि सार्वजनिक गरेको छ ।

‘पहिले घर अनि परदेश’ विश्व भ्रमणको नारा रहेको छ । जसअनुसार अक्टोबरदेखि नोभेम्बरमा ब्यान्डले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिनेछन् ।

त्यसपछि भने ब्यान्ड विदेशतर्फ जानेछ । नोभेम्बर–डिसेम्बरमा युरोप, जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्यान्ड, मेमा अमेरिका र जुनमा क्यानडामा टुर गर्ने मिति तय भएको छ ।

ब्यान्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनील थापा, गितारमा देव लामा, बेस गितारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा नीरज बिके रहेका छन् ।

प्रतिक्रिया