इलाम । सहिद स्मृति प्रतिष्ठानले स्थापना गरेको ‘शशीकला स्मृति पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकारद्वय रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत भएका छन् ।
संविधान दिवसको अवसरमा बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकारद्वय काफ्ले र ढकाल जनही नगद रु सातरसात हजार र सम्मान्पत्रसहित पुरस्कृत भएका हुन् ।
पुरस्कृत पत्रकारद्वय काफ्ले र ढकाललाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वप्रदेशसभा सदस्य धिरेन्द्र शर्माले सम्मानपत्र र चेक हस्तान्तरण गरे । काफ्ले लोकल सन्देश अनलाइनमा र ढकाल इलाम एफएममा आबद्ध छन् ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षेसशस्त्र संघर्षका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको नाममा स्थापित प्रतिष्ठानले तीन वर्ष अघि सहिद पत्रकार शशीकला शर्माको स्मृतिमा सो पुरस्कार स्थापना गरेको थियो । यसअघि सो पुरस्कार इलामका लेखकरपत्रकार रीता राराहाङ, नाटककाररपत्रकार चेतन आङ्थुपो र पत्रकार भगीरथ भण्डारीले पाइसकेका छ्न् ।
तत्कालिन क्रान्तिकारी पत्रकार संघमा आबद्ध शर्मालाई सशस्त्र संघर्षका बेला २०६० असोज २६ गते तत्कालीन शाही सेनाले इलाम नगरपालिका(३,स्थित पुवामझुवामा गोली प्रहार गरी हत्या गरेका थिए ।
शर्मा माओवादीले प्रकाशन गरेको तत्कालीन देउमाई गर्जन पत्रिकाका सम्पादकका साथै माओवादीकी जिल्ला सदस्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य थिइन् ।
उनकै नामबाट शहिद स्मृति प्रतिष्ठानले पत्रकारिता पुरस्कार स्थापना गरेको हो । सशस्त्र संघर्षको क्रममा इलाममा सरकारबाट माओवादीतर्फ ८६ जनाको हत्या भएको थियो ।
इलाम
प्रतिक्रिया