हेमन्तको पहिलो दसैँ गीत

काठमाडौँ । हेमन्त शर्माले पहिलोपटक दसैँ विशेष गीत ल्याएका छन् । ‘आउँथ्यो दसैँ’ बोलको गीतमा हेमन्तसहित मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतमा दसैँदेखि तिहारसम्मको रमाइलो माहोल समेटिएको छ ।

अरू वर्षभन्दा यो वर्षको दसैँमा निकै मजा भएको भाव गीतमा समेटिएको छ । साथै दसैँ र तिहारमा परदेशिएकाहरूलाई पनि घर फर्किनुपर्छ भनिएको छ । रमाइलो भावको गीतमा हेमन्तकै शब्द र संगीत रहेको छ । गीतलाई राकेश सोनीले एरेन्ज गरेका हुन् ।

गीतको भिडिओ पनि निकै रमाइलो छ । भिडिओमा हेमन्तसहित रजनी गुरुङ, डोना थापा मगर, ललना चिमरिया, एलिस राईको नृत्य र अभिनय छ । पवन सुसिलाङले खिँचेका भिडिओलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ ।

प्रतिक्रिया