काठमाडौँ । एभरग्रिन वल्र्डवाइड इन्टरटेन्मेन्टद्वारा विभिन्न कलाकर्मी सम्मानित भएका छन् । एभरग्रिन वल्र्डवाइड इन्टरटेन्मेन्टको १२औँ वर्ष प्रवेशको अवसरमा सोमबार चलचित्र विकास बोर्डमा आयोजित ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८१’ मा विभिन्न कलाकर्मी सम्मानित भएका छन् । एभरग्रिन वल्र्डवाइड इन्टरटेन्मेन्टका अध्यक्ष गोपाल ढकाल (छन्दे) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठ रहेका थिए ।
सो कार्यक्रममा पछिल्लो समय चलचित्र, म्युजिक भिडियो र टेली फिल्महरूमा सक्रिय अभिनेत्री आशा भुसालसँगै दीपक कार्की, यसराज, पुष्कर भट्टराई, शिवहरी नेपाल, सविन श्रेष्ठ, गजित विष्ट लगायतलाई सम्मानित गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।
कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का, वरिष्ठ संगीतकार राजु शाह, कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतका चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया