सिनवरासहित हमास नेता अमेरिकाको अपराधीको सूचीमा

न्युयोर्क । अमेरिकाले हमासका नेता याहा सिनवारसहित थुप्रै परिचति प्यालिटाइनी नेताहरूलाई ७ अक्टोबरमा भएको आक्रमणमा दोषी ठहर गरेको छ । अमेरिकाको न्याय विभागले ६ हमास नेतामाथि ७ विभिन्न आरोप लगाएको छ । यी ७ विभिन्न आरोपमा अमेरिकी नागरिकको हत्या, वित्तीय पर्यटनमाथिको षड्यन्त्र तथा सामूहिक विनासको लागि हतियारको प्रयोगलगायत छन् । दशक लामो हमासको आक्रमण तथा करिब १ वर्षअघि भएको दक्षिणी इजरायलमा भएको हमलाका कारण उनीहरूलाई आरोप लगाइएको हो ।


७ अक्टोबरको घटनामा संलग्न भएका यी मानिसहरू मध्ये ३ जनाको ज्यान गइसकेको छ भने सिनवार गाजाको कुनै सुरुङमा लुकेर बसेको अनुमान छ । मंगलबार रार्वजनिक भिडियोमा अमेरिकी महान्याधिवक्ता मेरिक गार्लान्डले दशक लामो हत्यामा संलग्न भएकाहरूका कारण अमेरिकी नागरिकको हत्या भएको तथा अमेरिकामाथि सुरक्षा खतरा भएको जनाइएको छ । त्यस समूहले इजरायललाई नास गर्ने लक्ष्यमा अघि बढ्दै धेरै सर्वसाधारणको ज्यान लिएको आरोपसमेत लगाएको छ । होलाउस्ट यता यहुदीहरूको सबैभन्दा बढी नरसंहर भएको पछिल्लो १ वर्षमा थुप्रै परिवार नै मारिएको समेत जनाइएको छ ।


उनीहरूले वयोवृद्धदेखि बच्चाहरू समेतको ज्यान लिएको तथा लैंगीक हिंसासमेत गरेको जनाइएको छ । यस क्रममा धेरेको लिंग छेदनसमेत भएको छ । यसरी आरोप लगाइएकाहरू मध्ये पूर्व हमास नेता इस्माइल हनाये, उपप्रमुख मार्वन इसा तथा गाजा बाहिर र वेस्ट बैंकमा नेतृत्व गरिरहेका खालेद मसालका साथ मोहम्मद दहिफ र अली बाराका छन् ।


मानिसहरूको ज्यान जाने गरी सार्वजनिक स्थानमा राखिएको बमका कारण उनीहरूलाई वित्तीय षड्यन्त्रको आरोप लगाइएको छ । यसले पर्यटन व्यावसायमा धेरै क्षति भएको तथा पर्यटकको जीवन नै खतरामा पारिएको आरोप लगाइएको छ । साथै आतंककारी गतिविधिका लागि गरिएको सामग्रीको सहयोगका लागि पनि आरोप लगाइएको छ । गार्लान्डले केही दिनअघि मारिएको हर्ससहित अन्य धेरै अमेरिकीको ज्यान गएको विषयमा छानबिन गरिरहेको बताएका छन् । न्याय विभागले सो आरोप यथावत रहिरहने बताएका छन् । यिनीहरूमाथि आजीवन जेल सजाय या मृत्यु दण्डको सजाय हुने जनाइएको छ ।


केही दिनअघि बन्दी मध्ये मारिएका ६ जना सार्वजनिक भएका थिए । यसमा २३ वर्षीय अमेरिकी नागरिक हर्सगोल्डबर्ग पनि थिए । यसैगरी ७ अक्टोबरका दिन भएको हमलामा १० अमेरिकीको मृत्यु भएको थियो । यसैगरी १० जनालाई बन्दी बनाइएको थियो । फेब्रुअरीमै यो आरोप लगाइएको थियो । तर पनि यिनीहरू मध्ये कसैको गिरफ्तारीको प्रयासका लागि गोप्य राखिएको थियो ।
हमासले ७ अक्टोबरका दिन गरेको आक्रमणमा १ हजार २०० जना मारिनुका साथै २५१ जनालाई बन्दी बनाइएको थियो । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यस यता इजरायलले गरेको हवाई आक्रमणमा ४० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया