विश्वकप लिग–२ तयारीको लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गरेको छ । भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली आज श्रीलंका प्रस्थान गरेको हो ।

नेपाली टोलीले श्रीलंकाको डेभ्लपमेन्ट टोलीसँग तीन एक दिवसीय खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ ।

टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् । त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद रहेका छन् ।

प्रतिक्रिया