एसियन च्याम्पियनदेखि तालिम तथा प्रशिक्षण विभागसम्म

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख प्रचण्ड शर्माले १९ भदौमा अवकाश पाउँदै छन् । उनको स्थानमा नयाँ सम्भाव्य तालिम तथा प्रशिक्षण विभागको प्रमुखको चर्चा अहिले चलिरहेको छ । यस होडमा सबैभन्दा अघि तेक्वान्दोकी संगीना वैद्य छिन् । यसो भएमा नेपाली खेलकुदमा पहिलोपटक महिला सो जिम्मेवारी पाउने व्यक्तित्वको रूपमा उनको कीर्तिमान रहनेछ ।

परिषद्मा अहिलेसम्म उपनिर्देशकले नै निर्देशकले अवकास पाएपछि जिम्मेवारी पाउने प्रचलन छ । यत्ति मात्र होइन नेपाली खेलको इतिहासमा खेलाडी र प्रशिक्षकको रूपमा बराबर सफलता पाउने एक्लो खेलाडीको रूपमा उनको पहिचान छ ।

सन् १९९७ मा एसियाली च्याम्पियनसिपको स्वर्ण विजेताको त्यो कीर्तिमान अझै कायम छ । पिक फर्ममा रहेको समयमा गम्भीर मोटरसाइकल दुर्घटनामा परेकी संगीनाले फर्केपछि पनि २ पटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्नुका साथै ओलम्पिकमा छनोट हुने पहिलो नेपालीको कीर्तिमान कायम गरेकी थिइन् ।

नेपाल आर्मी क्लबको टोली सम्हालेको समयमा लगातार लामो समय सोही क्लब च्याम्पियन भएको थियो । यति मात्र होइन, उनी १३आँै दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको प्रशिक्षक रहँदा पनि सानदार सफलता पाएको थियो । खेलकुदमा स्टार भनिने धेरै जना त्यसै आडमा राष्ट्रिय टोलीको जिम्मेवारी खोस्ने प्रचलनभन्दा फरक संगिनाले लगातार घरेलु प्रतियोगितामा आफ्नो टोलीलाई च्याम्पियन बनाएकी थिइन् । वरिष्ठ प्रशिक्षकको रूपमा कार्यरत संगिना नियुक्तीको समयको आधारमा पनि सबैभन्दा वरिष्ठ मानिन्छन् ।

खेलकुदको प्रचलित मूल्य र मान्यताअनुसार संगिना निर्विकल्प मानिए पनि शक्तिको आडमा मान्यताको विपरीत निर्णय भएको इतिहास नभएको होइन । थुप्रै दोस्रो तहका अधिकृत रहे पनि तेस्रो तहका अधिकृत दीपक विष्टलाई राष्ट्रिय टिम तयारी समितिको निर्देशकको जिम्मेवारी दिइनु त्यसैको उदाहरण हो ।

नेपाल कराते महासंघले बरिष्ठको आधार दीपक श्रेष्ठ भए पनि नारायणदेव राणालाई मुख्य प्रशिक्षकमा सिफरिस गरेपछि यसले विवाद निम्त्याएको थियो । गएको वर्ष ७ मंसिरमा खाली भएको पदमा सोही कारणले ठूलो शक्ति संघर्ष चलेको थियो । एपिएफ र राष्ट्रिय टोलीलाई सफलता दिलाएका श्रेष्ठ गत साता मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । शक्तिको होडबाजीबाट पर हट्दै खेलकुदको मान्यता अनुसारको निर्णय अनिवार्य रहेको एक खेलकर्मी नाम नबताउने सर्तमा बताउँछन् ।

इटालियन सिरी ए फुटबलअन्तर्गत युभेन्टसले लगातार दोस्रो जित निकालेको छ । सोमबार राती भएको खेलमा भेरोनालाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले दोस्रो जित हासिल गरेको हो । युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ तथा निकोलोसाभोनाले १ गोल गरेका थिए । नयाँ सिजनमा युभेन्टसले लागातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको छ ।

यो जितपछि युभेन्टस २ खेलबाट ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ । भएको छ । ४ अंक भएको भेरोना ११औँ स्थानमा छ ।

प्रतिक्रिया