नयाँ यात्राको सुरुआत बनेको कक्षाकोठाको त्यो दिन

मानिसको बोली आफैँमा वरदान हो । श्राप पनि कुनै समय नजिकको आफन्तले बोलेको एउटा बोली मानिसको जीवनको टर्र्निङ प्वाइन्ट हो । ‘तिम्रो यहाँ कुनै काम छैन । जाऊ बरु गएर डुंगाामा बस’ शिक्षकले बोलेको त्यो एउटा वाक्य एउटा आवेग मात्र हुन सक्थ्यो । तर, एउटा बालिकाका लागि त्यो एउटा वाक्य नै इखको विषय बन्यो । त्यसैको फल आसन्न पेरिस ओलम्पिकमा देखियो । पेरिस ओलम्पिक जहाँ संसारका धेरै देश सहभागी थिए । यी हरेक देशका हरेक खेलाडीको सफलताका कथा फरक हुन सक्छन् । अझ भनौँ सफलताको परिभाषा फरक हुन सक्छ । कसैका लागि रजत पदक पनि असफलता ठानियो भने कसैका लागि भाग लिनु नै पनि सफलता थियो होला ।

सहभागी देशमा विविधता थियो । केही देश जित्नका लागि खेल्ने गर्छन् । सफलताको नयाँ आयाम बुन्छन् । हरेक दिन आफूमा रहेको कमजोरी हटाउन उनीहरू लालायित छन् । हुन सक्छ त्यसै ओलम्पिकमा कुनै त्यस्तो देशको पनि सहभागिता रहनसक्छ, जुन देशको खेलकुद निकाय भ्रष्टाचारमा लिप्त छ ।

११ अगस्टमा सकिएको ओलम्पिकमो चर्चामा यसपटक भाग लिन होइन, जित्नका लागि खेल्ने देशका खेलाडीको हो । रेबेका सर्टनका लागि ल्याबमा बसिरहेको समयमा शिक्षकको त्यो एउटा बोली नै ओलम्पिक यात्राको सुरुआत भएको हो । सर्टन सहितको बेलायती टोलीले फोर रोइङमा प्रतिस्पर्धा गरेको थियो । रजत पदकसहित प्रतियोगिताको अन्त्य गरेकी सटर्न पेरिस ओलम्पिकमा पदक जित्ने उत्तर आयरल्यान्डको पाँचौँ खेलाडी हुन् ।
मेथोडिस्ट कलेजमा एक वसन्त ऋतुको बिहानको त्यो समय । सोही समयमा शिक्षक एन्डा मोरेन सर्टनसँग रिसाएका थिए । त्यस समयमा रसायन विज्ञानमा विस्फोटक भट्टीका बारे प्रयोगात्मक कक्षा चलिरहेको थियो । त्यस समयमा रसायन शास्त्र छाडेर खोलामा जान आफैँले भनेको कुरा शिक्षक मोरेन अझै सम्झन्छन् ।

१४ वर्षीया सर्टनमा एउटा आत्मविश्वास थियो । सोही आत्मविश्वासका साथ उनी पानीमा आफ्नो जीवन खोज्न सुरु गरिन् । दक्षिणी बेलफास्टमा रहेको लागन नदीको किनारमा थुप्रै डुंगा थिए । त्यसै डुंगाले सटर्नलाई आकर्षित गरेको थियो । अहिले ३० वर्ष भएकी उनलाई अहिले पनि ती हरेक दिनको सम्झना छ ।

रोइङमा समावेश भएको दोस्रो वर्ष उनी ग्रुप ८ को स्पर्धामा अन्तर्राष्ट्रिय तहको प्रतियोगितामा सहभागिता जनाउन सफल भएकी थिइन् । त्यस समयमा फ्रान्सेली राष्ट्रिय टोलीभन्दा पछि रहँदै त्यस समयमा खासै अपरिचित उनीहरूको टोली दोस्रो भएको थियो । त्यस समूहको दिनदिनै प्रगति गर्दै जाँदा सटर्न टोलीको मुख्य सदस्य भइसकेकी थिइन् ।

मोरेनलाई नै उनलाई पानीमा गति बढाउने केही शैली सिकाएका थिए । शिक्षकले सिकाएको एमसिबी टेक्निक मोडलले नै उनलाई राम्रो खेलाडी बन्न सहयोग गरेको थियो । त्यसपछि उनले हरेक किसिमको रोइङ स्ट्रोकको प्रविधि सिक्दै एकपछि अर्को प्रगति गर्दै गइन् ।

उनलाई सुरुमा नै ३ प्रमुख तह पार गर्नु थियो । दृढविश्वास र अथक परिश्रमका साथ उनले त्यो पूरा गरेकी थिइन् । पहिलो त फिट हुनु थियो । दोस्रो चरणमा फिटनेसको मात्रा अत्यधिक धेरै हुनु थियो । तेस्रो प्राविधिक ज्ञान आवश्यक थियो । ब्लेडको हरेक धारका साथ आफूलाई अघि बढाउनु थियो । तल्लो तहमा नै आवश्यक पर्ने ग्राउन्ड तहको बारे उनले एकदमै छिटो सिकेकी थिइन् । यस बीचमा उनले धेरै फरकपनको अनुभव गरेकी छन् । उही प्रशिक्षक, उही सिकाइ भए पनि धेरैका खेल स्तर फरक छन् । यसको कारण प्रष्ट छ । सफलता भनेको सानो समर्पणले प्राप्त हुने विषय नै होइन । यसका लागि ठुलो समर्पणको आवश्यकता हुन्छ । त्यसै समर्पण र हरेक समय सिक्ने चाहने इच्छाका कारण उनले आफूलाई एकपछि अर्को गर्दै प्रगतिको बाटोमा लगेकी थिइन् ।

सुरुआती दिनमा साताको ३ दिन बिहानको ७ बजे नै सबै कुरा सिक्नका लागि जानुपर्ने उनका लागि कम कठिन भने पक्कै थिएन । म्यारोनकै विचारमा उनको रोइङ प्रतिको समर्पण भने अचम्मकै थियो । त्यो समर्पण सहितको प्रशिक्षण कम्ती थिएन । यसका लागि उनले धेरै ठुलो संघर्ष गर्नुपरेको थियो । टिनएजमा अन्य हरेक व्यक्तिले भन्दा फरक ढंगले सोच्न पनि आवश्यक थियो । उनको यो मिहिनेतको फल पेरिस ओलम्पिकमा प्रष्ट देखिएको थियो । उनको लगातारको मिहिनेतको फल रजत पदकको रूपमा प्राप्त गरेकी हुन् ।

गत अप्रिलमा भएको विश्वकपमा उनी सहितको बेलायती टोलीले स्वर्ण पदक जितेको थियो । सो विश्वकप विजयी टोलीमा सर्टनसहित २ पटककी ओलम्पिक विजेता सामन्था रेडग्रेभ र एस्मा बुथ पनि समावेश थिए ।

सन् २०२३ मा भने सो टोलीले कुनै सफलता पाएको थिएन । अप्रिलको सो सफलताले टोलीको आत्मविश्वासमा थप बल प्रदान गरेको थियो । सर्टनले टोलीका सबै खेलाडीले उत्तिकै स्तरीय प्रदर्शन गरेका कारण सफलता पाएको बताएकी छिन् ।

रेबेका सर्टन

यी ३० बर्सिया रोइङ स्टार अब कति समय खेलमा आबद्ध हुनेछिन्, भन्ने अनिश्चित नै छ । निश्चित के हो भने खेलाडी जीवनको पर्यन्त उनी खेलकुदमा नै सक्रिय हुनेछिन् । एक खेल सामग्री पसलमा आबद्ध हुनुअघि नै उनले स्पोर्ट्स साइन्समा ग्रयाजुएसन गरेकी हुन् । विश्व च्याम्पियनसिपमा उनी सहितको टोली तेस्रो भएको थियो । तथापि विगतको युरो कप विजेता तथा विश्वकप विजेता पनि भइसकेका कारण स्वर्ण पदकको अपेक्षा बेलायती टोलीलाई नै छ ।

यस स्पर्धामा साविक विजेताको अस्ट्रेलिया सहभागी थियो । विश्व च्याम्पियन नेदरल्यान्ड्सले फाइनलमा बेलायतलाई हराउँदै स्वर्ण पदक जितेको हो । अनि समग्रमा सन् २०२४ को उत्कृष्ट टोली बेलायत भए पनि महत्वपूर्ण समयमा नेदरल्यान्ड्ससँग भने चुकेको यिथो । न्युजिल्यान्डले कास्य पदक जितेको सो स्पर्धामा अस्ट्रेलिया भने पदकविहीन भएको थियो ।

पेरिस ओलम्पिकमा बेलायती टोली १४ स्वर्ण, २२ रजत तथा २९ कास्यसहित साताैँ भयो । शीर्ष २ स्थानका लागि अमेरिका र चीन रहे । जापान २० स्वर्ण पदकसहित तेस्रो, अस्ट्रेलिया १८ स्वर्णसहित चौथो, फ्रान्स १६ स्वर्णसहित पाँचाैँ र नेदरल्यान्ड्स १५ स्वर्ण पदकसहित छैटाैँ भए । सो स्पर्धाको फाइनलमा नचुकेको भए सोही पदकले बेलायतलाई छैटौँ स्थान दिलाउने थियो ।

ओलम्पिक खेलकुदमा बेलायतको सबैभन्दा उत्कृष्ट प्रदर्शन रियो ओलम्पिकको हो । सो ओलम्पिकमा बेलायतले तेस्रो स्थान पाएको हो । सबै खेलमा अलिअलि प्रभाव देखाउँदै पदक बटुल्ने बेलायतको पकडका खेल भने छैनन् । तथापि पौडी, एथलेटिक्स, रोइङ, साइक्लिङ, फुटबल, क्यानोइङ सालोम र टेनिसलगायत खेलमा बेलायतको उपस्थिति बलियो रहँदै आएको छ ।

यो उपस्थितिमा नयाँ थपिएका केही खेलमा पनि बेलायतको उपस्थिति पक्कै थियो । बेलायतले १३ या १४ स्वर्ण पदकको अनुमान थियो । धेरै पण्डितको अनुमानमा उनी समावेश स्पर्धामा रजत पदकको सम्भावना सबैभन्दा धेरै हो । यसका बाबजुद अन्य ४ टोलीले पढिडतको अनुमान भन्दा बढी सफलता पाएका थिए । क्यानोइङ सालोम र इक्वेस्ट्रियन तथा साइक्लिङमा बेलायत बलियो रहेको खेल हो । समग्र परिणाम जे भए पनि कक्षा कोठाको त्यो एक दिन उनका लागि नयाँ यात्राको सुरुआत भने पक्कै हो ।

प्रतिक्रिया