भोजपुर । जिल्लाका पशुपलक किसान बंगुर पालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बंगुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।
भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी रु १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बंगुरबाट व्यावसायिक रूपमा सुरु गरेको बंगुर पालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको बताए ।
किसान सुवेदीले पालेका बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसमम बिक्री हुन थालेपछि उनी उत्साहित भएका छन् । सबै खर्च कटाएर वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको उनले बताए ।
स्थानीय जातको बंगुरभन्दा उन्नत जातको बंगुरबाट चाँडो आम्दानी लिन सकिने उनले बताए । उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बंगुर पालेका छन् । स्थानीय जातका बंगुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बंगुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ ।
खेतबारीमा रमाउने किसान सुवेदीले बंगुरपा लन मात्र होइन, फलफूल खेती पनि गरेका छन् । उनका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् । यो याममा एभोकाडोबाट रु पाँच लाख आम्दानी गर्ने लक्ष्य उनले सुनाए । स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बंगुर पालन सुरु गरेका छन्् । उनले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थालेको बताए ।– रासस
प्रतिक्रिया