पेरिस ओलम्पिकमा चीनको अग्रता

पेरिस । पेरिस ओलम्पिकमा चीनले अग्रता लिएको छ । चीनले सोमबार भएको सुटिङको पुरष १० मिटर एयर राइफलमा स्वर्ण पदक जितेको हो । सेङ लिहाओले चीनलाई सो स्पर्धामा स्वर्ण पदक दिलाए । यसैगरी, स्विडेनमा भिक्टर लिङड्रेनले रजत तथा क्रोसियामा मिरान मासिसिकले कास्य पदक जिते ।

Paris Olympics Archery


पेरिस ओलम्पिकअन्तर्गत भएको सुटिङककै महिला १० मिटर एयर राइफलमा दक्षिण कोरियाकी १६ वर्षीय हान ह्युजनले स्वर्ण पदक जितेकी छन् । नाटकीय खेलको अन्तिम २ सट बाँकी रहँदा चिनियाँ हुवाङ इटिङलाई धेरै पछि छाडेकी हनले अन्तिम २ सट खराब प्रहार गरेपछि खेल सट आउटमा गएको थियो । सट आउटमा युटिङलाई हानले शून्य दशमलव १ अंकले पछि पारिन् । सो स्पर्धामा स्विट्जरल्यान्डकी आन्द्रे गोगनाइटले कास्य पदक जितेकी छन् ।

डाइभिङको पुरुषको सिन्क्रोफाइज्ड १० मिटर प्लेटफर्ममा पनि स्वर्ण पदक जितेको हो । सो स्पर्धामा बेलायतले रजत तथा क्यानडाले कास्य पदक जिते ।

१४ वर्षीय जापानीलाई स्वर्ण

आइतबारको भएको स्केटबोर्डिङको महिला स्ट्रिटमा जापानका योसुजावा कोकोले स्वर्ण तथा अकामा लिजले रजत पदक जिते । ब्राजिलकी रायसा लियलले कास्य पदक जितिन् । कोको भर्खर १४ वर्षकी भइन् ।

जापानले आइतबार नै फेन्सिङको पुरुष इेपेको स्वर्ण पदक जितेको हो । फ्रान्सका याकिजन बोरेललाई हराउँदै जापानका कानो कोइले स्वर्ण पदक जिते । सो स्पर्धाका इजिप्टका मोहम्मद अल सायदले कास्य पदक जितिन् ।

ओलम्पिकमा नै महिला फोइलमा अमेरिकाकाले लिई केइफेइले आफ्नै देशकी लाउरेन स्क्रग्सलाई हराउँदै उपाधिको रक्षा गरिन् । सो स्पर्धामा क्यानडाकी एलनोर हार्भेले कास्य पदक जितिन् ।

पौडीमा बाँडियो स्वर्ण


आइतबार भएको पौडीको महिला १०० मिटर बटरफ्लाईमा आफ्नै देशकी कीर्तिमानधारी तथा ओलम्पिक कीर्तिमान धारी ग्लेटचन वाल्सलाई पछि पार्दै टोरी हस्कले स्वर्ण पदक जितिन् । सो स्पर्धामा चीनकी झाङ युफाइले कास्य पदक जितिन् ।

पौडीकै पुरुष ४०० मिटर व्यक्तिगत मेड्लीमा फ्रान्सका लियोन मर्चान्डले स्वर्ण पदक जिते । जापानका मात्सुमिता तामायुकीले रजत तथा अमेरिकाका कार्सटन फोस्टरले कास्य पदक जिते । पौडीको १०० मिटर ब्रेस्टस्ट्रोकमा इटालीका निकालोस मार्टेनेग्रीले स्वर्ण जिते । सो स्पर्धामा अमेरिकाका निक फिन्क र बेलायतका एडम पेट्टीले संयुक्त कास्य पदक जिते ।

JPG converted with https://ezgif.com/avif-to-jpg

क्यानोइमा अस्ट्रेलिया

एक दिन अघिसम्म अग्रता लिएको अस्ट्रेलियाले आइतबारको खेलमा महिला क्यानोइ सालोममा स्वर्ण पदक जितेको हो । सो स्पर्धामा जेसिका फक्सले स्वर्ण, पोल्यान्डकी क्लाउडिया ओजनेस्काले रजत तथा बेलायतकी किम्बर्ले उड्सले कास्य पदक जिते । आर्चरीको महिला टिममा फाइनलमा चीनलाई ६–५ ले हराउँदै दक्षिण कोरियाले स्वर्ण पदक जितेको छ ।

पेटीको कमब्याक

एडम पेटीको पदकलाई विशेष मानिएको छ । सन् २०१५ मा एकाएक विश्व पौडीमा उदाएका उनले लगातार २ पटक ओलम्पिक स्वर्ण पदक जितेका थिए । विश्व च्याम्पियनसिपमा लामो समय आफ्नो स्पर्धामा दबदबा राखेका थिए । यसका बाबजुद २०२२ मा उनको गोडामा चोट लागेको थियो । त्यसपछि उनी लामो समय पौडीबाट टाढा रहेका थिए । उनी फेरि खेलमा फर्कने आशासमेत कमैले गरेका थिए ।

त्यसपछि मदिराको नसा, बिग्रिएको पारिवारिक सम्बन्धलगायत यावत कारण उनी निराशाको सिकार भएका थिए । उनी कहिले पनि पुलमा पौडन चाहँदैन थिए । उनलाई संसारको अघि पुलमा प्रतिस्पर्धा गर्न मन नै नलागेको अवस्था थियो ।

यसपछि पेटीलाई आत्मबल प्रदान गर्ने सवालमा पूर्व ओलम्पिक स्वर्ण विजेता एडेबा रेडगिल्टनको ठुलो भूमिका रहेको थियो । रेडगिल्टनकै प्रेरणामा उनी १ वर्षअघि खेलमा फर्किएका थिए ।


यस ओलम्पिकमा ३ पौडीबाजको कम ब्याकलाई चासोपूर्वक हेरिएको थियो । पेटीको साथमा केलेब ड्रेसेल पनि सन् २०२२ को विश्व च्याम्पियनसिपको समयमा मानसिक स्वास्थ्यका कारण बीचमा नै खेल छाडेका थिए । उनी पनि सन् २०२३ को उत्तरार्ध मात्र खेलमा फर्किएका हुन् । यसैगरी अमेरिकी स्प्रिन्टर सिमोन मानुएल टोकियोकै समयमा ओभर ट्रेनिङ सिनड्रोमबाट प्रभावित भएकी थिइन् । यी दुवै खेलाडीले पनि रिलेमा सहभागिता जनाउँदै पदक जितिसकेका छन् ।

मनिताको पहिलो खेलमा हार

नेपालकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक–२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पहिलो चरणमा इप्पोनको आधारमा पराजित भइन् । अन्तिम ३२ को प्रतिस्पर्धामा उनी १ मिनेट ०२ सेकेन्ड बिताएकी मनिता इप्पोनका आधारमा पराजित भएकी हुन् । सर्बियाकी मरिका पेरिसिकले मनितालाई हराइन् ।


‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाएकी मनिता समग्रमा ओलम्पिक खेल्ने छैटौँ नेपाली जुडो खेलाडी हुन् । मनिताअघि गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले सन् १९८८ को सिओल ओलम्पिक, देबु थापाले सन् २००८ को बेइजिङ ओलम्पिक, फुपु ल्हामु खत्रीले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिक तथा सोनिया भट्टले सन् २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाएका थिए । पेरिस ओलम्पिकमा देबु मनिताको प्रशिक्षकको भूमिकामा छिन् । कुनै पनि नेपालीले ओलम्पिकमा पूरा ५ मिनेटको समय रिङमा बिताएको अनुभव छैन ।

फुटबलमा फ्रान्स र जापानको जित

पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा घरेलु टोली फ्रान्स र जापानले लगातार दोस्रो जित हात पारेका छन् ।
समूह ‘ए’ मा रहेको आयोजक फ्रान्सले आइतबार राति गुएनालाई १–० ले पराजित गरेको हो । फ्रान्सका लागि कलिन सिलडिल्लाआले ७६औँ मिनेटमा निर्णायक गोल गरे ।


लगातार दोस्रो जितपछि २ खेलबाट ६ अंक जोडेर फ्रान्स शीर्ष स्थानमा छ । फ्रान्सले अन्तिम खेलमा न्युजिल्यान्डसँग खेल्नेछ र उक्त खेलमा बराबरी मात्र खेले पनि फ्रान्स समूह विजेता बन्नेछ । लगातार दोस्रो हार बेहोरेको गुएना भने अंकविहीन हुँदै पुछारमा छ । एसियाली राष्ट्र जापानले मालीलाई १–० ले नै पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । समूह ‘डी’ मा लगातार २ खेल जितेको जापान नकआउट चरणमा समेत प्रवेश गरेको छ ।

जापानका लागि रिहितो यामामोतोले ८२औँ मिनेटमा निर्णायक गोल गरेका थिए । मालीले इन्जुरी टाइममा खेल बराबरी गर्ने अवसर गुमाएको थियो । इन्जुरी टाइममको छैटौँ मिनेटमा प्राप्त पेनाल्टीमा मालिका चेइकना डोम्बियाकोले गोल गर्न सकेनन् । जापान २ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । २ खेलबाट १ अंक रहेको माली तेस्रो स्थानमा छ ।

प्रतिक्रिया