एसिया कप खेल्न गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ । श्रीलंकामा जारी एसिसी महिला टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपाल समूह चरणबाट बाहिरिएपछि आज स्वदेश फर्किएको हो ।

यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएको थियो । त्यतिबेला पनि नेपालले जित हासिल गर्न सकेको थिएन । यस पटक नेपालले खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा पराजय भोगेको छ ।

पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो । एसिया कपको इतिहासमा नेपालको यो पहिलो जित हो । त्यस्तै नेपाल पाकिस्तानसँगको दोस्रो खेलमा ९ विकेटले पराजित भयो । तेस्रो खेलमा भारतसँग ८२ रनको हार ब्यहोरेको थियो ।– ररासस

प्रतिक्रिया