पुजा सर भेनिस फिल्म भेस्टिभलमा

काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलको ओरिजोन्टी विधातर्फको छनोट भएको यो फिल्म भेनिसमा वल्र्ड प्रिमियर हुनेछ । यसअघि यसअघि नेपालीमा ‘राजागञ्ज’ र अंग्रेजीमा ‘स्काइ इज माइन’ राखिएको थियो । तर, अन्तिममा फिल्मको नाम परिवर्तन गरिएको हो ।

पुलिस थ्रिलर जनरामा बनेको यो फिल्म नेपाल प्रहरीको एउटा शसक्त इन्स्पेक्टरको वरिपरि घुम्छ । यस फिल्ममा आशा मगरातीको मुख्य भूमिका रहेको छ । मगरातीले कागवेनी, कर्मा, हाइवे, सेतो सूर्य लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

फिल्ममा मगरातीसहित दयाहाङ राई, ऋचा शर्मा, निकिता चाण्डक, आरती मण्डल, विजय बराल, गौमाया गुरुङ, पशुपति राई र निरज श्रेष्ठको अभिनय रहेको छ । यस फिल्मको नेपालको प्रदर्शन मिति छिट्टै घोषणा गरिने बताइएको छ ।

प्रतिक्रिया