दुबई । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता सन् २०२५ मा पाकिस्तानमा आयोजना हुँदै छ । प्रतियोगिता १९ फेब्रुअरी १९ देखि ९ मार्चसम्म सञ्चालन हुने बताइएको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा ८ राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक पाकिस्तान, भारत, बंगलादेश, न्युजिल्यान्ड, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी हुनेछन् ।
प्रतियोगिताको विषयमा अहिलेदेखि नै विभिन्न आशंका सुरु भएका छन् । खासगरी भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धका कारण च्याम्पियन्स ट्रफीको भविष्यलाई लिएर विभिन्न आशंका सुरु भएका हुन् । लामो समयदेखि भारत र पाकिस्तानबीच सौहार्द्रपूर्ण राजनीतिक सम्बन्ध छैन । त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि पर्ने गरेको छ । यी २ राष्ट्रबीचको राजनीतिक सम्बन्धको छाया क्रिकेटमा त झनै बढी पर्ने गरेको छ ।
त्यसैले च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पनि यसबाट अछुतो नरहने अनुमान गरिँदै आएको छ । भारतले च्याम्पियन्स ट्रफी खेल्न आफ्नो टोली पाकिस्तान पठाउला त ? यसअघि एसिया कपमा पनि भारतले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय गरेको थियो ।
आइसिसीले औपचारिक रूपमा खेल तालिका सार्वजनिक गरिसकेको छैन । पिसिबीले भने अनुमोदनका लागि खेल तालिका आइसिसीमा पठाइसकेको छ । पिसिबीले पठाएको खेल तालिका पनि अनधिकृत रूपमा सार्वजनिक भएको चर्चा सुरु भएको छ । पिसिबीले आइसिसी र अन्य सहभागी राष्ट्रसँग सल्लाह नै नगरी खेल तालिका तयार पारेको दाबी पनि गरिएको छ ।
त्यतिबेला भारतीय टोलीले आफ्नो खेल ‘न्युट्रल भेन्यू’ मा खेलेको थियो । भारतले एसिया कपमा आफ्नो सबै खेल श्रीलंकामा खेलेको थियो । च्याम्पियन्स ट्रफीमा पनि त्यही स्थिति दोहोरिने सम्भावना रहेको समाचारमा जनाइएको छ । भारतीय सञ्चारमाध्यमले बिसिसिआई स्रोतलाई उदृत गर्दै यस्तै झल्को दिने समाचार प्रकाशित गरेका छन् । समाचारमा जनाइएअनुसार, बिसिसिआई च्याम्पियन्स ट्रफीमा सहभागी हुन आफ्नो टोली पाकिस्तान पठाउने योजनामा देखिँदैन ।
सो विषयमा बिसिसिआईले निकट भविष्यमै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग छलफल गर्ने योजना बनाएको छ । खासमा बिसिसीआई च्याम्पियन्स ट्रफीअन्तर्गतको आफ्नो खेल ‘न्युट्रल भेन्यू’ मा खेल्न चाहन्छ ।
त्यसैले एसिया कपजस्तै आगामी च्याम्पियन्स ट्रफी पनि ‘हाइब्रिड मोडल’ मा सञ्चालन हुनसक्ने सम्भावना बढेको छ । भारतले च्याम्पियन्स ट्रफीअन्तर्गतको आफ्नो खेल दुबई वा श्रीलंकामा सार्न आइसिसीसँग अनुरोध गर्ने तयारी गरेको छ । भारतीय सञ्चारमाध्यम एएनआई र एबिपी न्युजका अनुसार, सुरक्षाको कारण देखाउँदै भारतीय टोलीका कुनै पनि खेलाडी पाकिस्तान भ्रमण गर्न तयार छैनन् । खेलाडीले बिसिसिआईलाई पनि यस्तै सुझाव दिएका छन् ।
भारतले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो टोली पाकिस्तान नपठाए पनि पाकिस्तानी टोली भने एकदिवसीय विश्वकप खेल्न भारत भ्रमणमा आएको थियो । त्यसैले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले पनि भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान आउनुपर्ने माग आइसिसीसँग गरिरहेको छ ।
अन्य ठुला प्रतियोगिताजस्तै आगामी च्याम्पियन्स ट्रफीमा पनि विश्व क्रिकेटका २ चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । भारत र पाकिस्तानसँगै बंगलादेश र न्युजिल्यान्ड पनि समूह ‘ए’ मा रहेका छन् । भारत र पाकिस्तानबीचको खेल मार्च १ तारिखमा लाहोरस्थित गद्दाफी स्टेडियममा खेलाउने कार्यक्रम रहेको छ । सुरक्षाको कारणले नै भारत र पाकिस्तानबीचको खेल लाहोरमा राखिएको पिसिबीले जनाएको छ । भारतको अन्य खेल पनि लाहोरमै राखिएको छ ।
तथापि, आइसिसीले आधिकारिक रूपमा हालसम्म खेल तालिका सार्वजनिक गरिसकेको छैन । पिसिबीले भने अनुमोदनका लागि च्याम्पियन्स ट्रफीको खेल तालिका आइसिसीमा पठाइसकेको छ । पिसिबीले आइसिसीमा पठाएको खेल तालिका पनि अनधिकृत रूपमा सार्वजनिक भएको चर्चा सुरु भएको छ ।
पिसिबीले आइसिसी र अन्य सहभागी राष्ट्रसँग सल्लाह नै नगरी खेल तालिका तयार पारेको दाबी पनि समाचारमा गरिएको छ । यतिबेला पिसिबी च्याम्पियन्स ट्रफीको तयारीमा ब्यस्त छ । पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि स्टेडियम ममर्त गर्न ठुलो धनराशि खर्च गरिरहेको छ ।
प्रतिक्रिया