घरज्वाइँको अन्तिम प्रिमियर

काठमाडौँ । शुक्रबार सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को प्रिमियर गरिएको छ । मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमिएरमा कलाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति थियो ।

प्रिमियरमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, खुस्मा निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल विष्टसमेत सहभागी थिए । फिल्म हेर्ने अधिकांशले मगर संस्कृति र परम्पराको बारेमा फिल्ममार्फत जानकारी दिन पाएको भन्दै खुसी व्यक्त गरे ।

अभिनेत्री उपासनासिंह ठकुरीले फिल्मको कथा मन परेको बताइन् । उनले आफू सुदूरपश्चिमबाट आएको मान्छे भएका कारण पनि फिल्ममा देखाइएको संस्कृतिले प्रभावित पारेका वताइन् । फिल्मले महिलाको भावनाका विषयलाई ध्यान दिएको उनको धारणा थियो । अभिनेता कुन्साङ बमजनले फिल्मको कथावस्तु र प्रस्तुतिले मन छोएको बताए ।

अभिनेता दायाहाङ राईले मगर संस्कृति निर्देशक अनिलले ५ वर्ष अगाडि कन्सेप्ट बनाएर गरेको तयारी भएकाले राम्रो बनेको प्रतिक्रिया दिए । ‘घरज्वाइँ’ मगर संस्कृति भएको उनले सुनाए । अभिनेत्री मिरुना मगरले आफू सानैदेखि हुर्किदा पूर्वमा हुर्केको बताउँदै धरान भएको कारणले पूर्वी क्षेत्रमा मगर समुदायमा हुने विषयको बारे जानकारी गराइन् । त्यहाँको संस्कृतिचाहिँ मैले देख्दै घरमा पनि त्यो कुराहरू लागू गर्दै हुर्केको हो । फिल्ममा काम गरिरहँदा आफ्नो समुदायको समुदायको सांस्कृतिक चेतनाको बारे महसुस गरेको बताइन् ।

जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

जनक घर्तीमगरले निर्माण गरेको फिल्ममा दयाहाङ र मिरुनाको अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

प्रतिक्रिया