कर नबुझाउने दोहोरी साँझ र रात्री क्लबलाई महानगरको अल्टिमेटम (नामावलीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजस्व तथा कर नबुझाउने डान्स बार, दोहोरी साँझ र रात्री क्लबहरूलाई अल्टिमेटम दिएको छ ।

काठमाडौं क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी साँझ रात्री क्लबहरूलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको हो ।

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक–पटक लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ ।

उक्त अवधिभित्र कर दाखिला नगरे नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत महानगरले सूचनामा उल्लेख गरेको छ ।

यी हुन् कर नबुझाउने दोहोरी तथा नाइट क्लबहरूको नामावली

प्रतिक्रिया