महिला हाइजम्पमा विश्व कीर्तिमान

पेरिस । यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो कीर्तिमान तोडेकी छन् । युक्रेनी हाई जम्परले पेरिसमा आइतबार आयोजित डायमन्ड लिग ट्रयाक एन्ड फिल्डमा नयाँ कीर्तिमान बनाएकी हुन् । विश्व च्याम्पियन माहुचिखले २ दशमलव १० मिटरको छलाङ मार्न सफल भइन् । यसअघि बुल्गेरियाकी स्टेफ्का कोस्टाडिनोभाले सन् १९८७ मा रोमा २ दशमलव शून्य ९ मिटरको रेकर्ड राखेकी थिइन् ।


२२ वर्षीया खेलाडीले भनिन्, ‘यो प्रतियोगितामा आउँदा मलाई २ दशमलव शून्य ७ देखि २ दशमलव १० मिटरसम्म छलाङ मार्न सफल हुन्छु भन्ने लागेको थियो । अन्ततः मैले एथ्लेटिक्सको इतिहासमा युक्रेनको नाम लेख्न सफल भएँ ।’ उता, फेथ किप्येगोनले महिला १५ सय मिटर दौडमा नयाँ कीर्तिमान बनाउन सफल भइन् । उनले गत वर्ष फ्लोरेन्समा आफैँले बनाएको कीर्तिमान भंग गरेकी हुन् ।


केन्याकी किप्येगोनले ३ मिनेट ४९ दशमलव शून्य ४ सेकेन्डमा दौड पूरा गरिन् । यसअघि उनले ३ मिनेट ४ दशमलव ११ सेकेन्डमा दौड पूरा गर्दै रेकर्ड राखेकी थिइन् ।

प्रतिक्रिया