काठमाडौँ । गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले रंगमञ्च क्षेत्रमा पाइला राखेकी छिन् । उनले नाटक ‘राधा’ बाट अभिनय करिअरमा डेब्यु गर्न लागेकी हुन् । परितोषिका मण्डला ड्रामा स्कुलको दोस्रो ब्याचकी विद्यार्थी हुन् । दोस्रो ब्याचका विद्यार्थीले तयार पारेको यस नाटकबाट पारितोषिकाको क्यारेक्टर लुक्स पनि सार्वजनिक भएको छ । जहाँ परितोषिकालाई राधाको भूमिकामा देख्न सकिन्छ ।
यो नाटक सुमित्रा बोगटीको लेखन र तुलसी परियारको निर्देशनमा तयार भएको हो । वैवाहिक सम्बन्धप्रति बनेको सामाजिक धारणामा अल्झिएर आत्मनिर्णयको अधिकारको लागि विभिन्न समय र पृष्ठभूमिका महिलाहरूको भोगाइ, अनुभव र विचारलाई नाटकमा प्रस्तुत गरिएको छ ।
गायिका पन्तले छोरीको अभिनय रहेको नाटक हेरिदिन आग्रह गरेकी छन् । यो नाटक मंगलबार २ सो मञ्चन भयो । नाटकमा परितोषिकासहित आर्जु खरेल, अजय कार्की, हेमन्त खड्का, कृतिका बस्नेत, मिशेल घिमिरे, नविन शाही, प्रेमा गुरुङ, सर्जिक मिजार, उदित थापा, युगल श्रेष्ठको अभिनय रहेको छ ।
प्रतिक्रिया