कमला अब फिल्ममा

काठडमाडौँ । सानो उमेरमै चर्चा कमाएकी गायिका कमला घिमिरेले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । निर्माणको तयारीमा रहेको फिल्म ‘माइली’ मा उनी कलाकारका रूपमा अनुबन्धित भएकी हुन् । रूना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई बाबु साहेब बलामीले निर्देशन गर्नेछन् ।

कमलाले सांगीतिक क्षेत्रमा झैँ फिल्ममा पनि दर्शकको माया पाउने विश्वास रहेको बताइन् । उनले स्वर दिएका ‘चिया छानेको, लरिलरिलै, धनगढीको बसमा’ लगायतका गीतहरू हिट छन् । फिल्म ‘माइली’ टिमले कमलाको पोस्टरलुकसमेत सार्वजनिक गरेको छ । जसमा उनलाई मन्द मुस्कानमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

यो फिल्ममा यसअघि करिश्मा मानन्धर र प्रियंका कार्की अनुबन्धित भइसकेका छन् । निर्देशक बलामीले सत्य घटनामा आधारित रहेर निर्माण हुने फिल्ममा महिलाका पीडा देखाइने बताए । असारको अन्तिमबाट फिल्मको छायांकन सुरू गर्ने तयारी छ ।

प्रतिक्रिया