मिस सुप्रानेसनलको उपाधि हाइफालाई

एजेन्सी । मिस सुप्रानेसनल २०२४’ को उपाधि इन्डोनेसियाकी हर्रास्टा हाइफा जाहराले जितेकी छिन् । शनिबार राति भएको पोल्यान्डमा भएको फिनालेमा उनले ताज पहिरिएकी हुन् । २० वर्षीय जाहराले ६७ अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस सुप्रानेसनलकी विजेता बनेकी हुन् ।

जाहरा मिस सुप्रानेसनल ताज जित्ने इन्डोनेसियाकी पहिलो प्रतिस्पर्धी हुन् । ‘यो अझै अवास्तविक लागिरहेको छ। यो एक धेरै विशेष वर्ष हुन गइरहेको छ । र, मेरो हृदय गर्वले भरिएको छ’, ताज लगाएपछि जाहराले भनिन् ।

त्यसैगरी, अमेरिकाकी जेन्न डिस्कट्रा फस्ट रनरअप हुँदा चेक रिपब्लिककी जस्टिना जेनडिकोभा सेकेन्ड रनरअप भइन् । मिस सुप्रानेसनलको १५औँ संस्करणमा नेपालकी सजिना खनालले पनि सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया