काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनय क्षेत्रमा फर्किएकी छिन् । उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन सुरु गरेकी हुन् । यस सिरिजको सुटिङ हाल अमेरिकामा भइरहेको छ ।
सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन् । यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन् । यसमा बिमलेश आफैले पनि प्रमुख भुमिकामा अभिनय गरेका छन् । एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरेका छन् ।
सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले चलचित्र ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । उनी पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ देखिएका थिए । सिचुएशनल कमेडी९ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए ।
विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ । पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा मुख्य भूमिका रहेको छ ।
यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् । सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि बिमलेशको नै हो। यसमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवालको मेकअप रहेको छ । यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन ।
प्रतिक्रिया