अस्मिता र राजनको गीत सार्वजनिक

काठमाडौं । राजन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडीले एकअर्कालाई व्यक्त गरेको भावना प्रस्तुत गरिएको छ ।

गीतका शब्द, सगंीत राजन स्वयमकै हो भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन् । डान्सिङ नम्बरको गीत लोक–आधुनिक शैलीमा तयार भएको छ ।

भिडियोमा गरिमा शर्मा र अस्मिक लम्सालको अभिनय छ ।
काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन, दीपक विष्टले सम्पादन छ ।

प्रतिक्रिया