काठमाडौँ । यही दसैँमा रिलिज हुने नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रचारात्मक गीत ‘बिहे गर्ने कि नगर्ने’ सार्वजनिक भएको छ । यो गीतमा दीपाश्री निरौला सहितका अविवाहित कलाकारहरूलाई राख्दै भिडियो तयार गरिएको छ ।
चलचित्रको रिलिज मिति १७ असोज घटस्थापनाको दिन राखिएको छ । भिडियोमा दीपाश्री निरौला, प्रदीप खड्का, धिरज मगर, नाजिर हुसेन, साम्राज्ञी आरएल शाह, बेनिशा हमाल र शिल्पा मास्केको अभिनय छ । भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू स्वस्तिमा खड्का र निश्चल बस्नेत पनि रहेका छन् ।
गीतमा रोहित शाक्यले सगीत निर्माण गरेका छन् भने कुशल पोखरेलले गीत रचना तथा प्रस्तुति दिएका छन् । स्वस्तिमा खड्काको अवधारणामा बनेको प्रचारात्मक गीतको भिडियोका निर्देशक निश्चल बस्नेत हुन् । भिडियोका सिनेमेटोग्राफर केशव पाण्डे र लक्ष्मण पाण्डे हुन्। अङ्कित खान ठकुरीले सम्पादन गरेका छन् ।
यो चलचित्रलाई साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन गरेका छन्। यसमा स्वस्तिमा र निश्चलसहित आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको छ । स्वस्तिमा र निश्चल दुवै जना यस चलचित्रका निर्माता हुन्। कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का हुन् ।
प्रतिक्रिया