जनकपुरधाम । बिहीबारदेखि जनकपुरधामस्थित मोनास्टिक आवासीय विद्यालय परिसरमा प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ ।
खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरेको प्रतियोगिताको प्रथम खेलमा सिरहाविरुद्ध पर्साले फराकिलो जित हासिल गरेको छ । पर्साले ४७ अंक ल्याउँदा सिरहा जम्मा १ अंकमा सीमित रहन पुग्यो ।
प्रतियोगितामा मधेस प्रदेशका विभिन्न ७ जिल्लाबाट महिला टिमले भाग लिएका छन् ।
रौतहट जिल्लाबाहेक सबै जिल्लाबाट १ टिमको दरले प्रतियोगितामा सहभागी रहेको प्रदेश कबड्डी संघका अध्यक्ष सरोज सिंहले जानकारी दिए । यो प्रतियोगिता ३ दिनसम्म चल्ने आयोजक टिमका सदस्य कल्याण भुजेलले जनाए ।
प्रतिक्रिया