नयाँ दिल्ली । टी–२० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ । वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार बिहीबार नै भारतीय टिम चार्टड उडानबाट मुम्बई पुगेको छ । मुम्बईमा बिहिबार नै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइयो ।
सो अवसरमा यसअघि बोर्डले घोषणा गरेको १२५ करोड रकमसमेत हस्तान्तरण गरियो । नियमित उडान रद्द भएपछि भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरूलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो । यसअघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क–दुबई हुँदै भारत आउने तालिका रहेको थियो ।
प्रतिक्रिया