जनकपुरधामका विभिन्न स्थानमा सिसिटिभी जडान

जनकपुरधाम । जनकपुरधामका विभिन्न स्थानमा सिसिटिभी जडान गरिएको छ । सिसिटिभी जडान गर्ने क्रममा अहिलेसम्म जनकपुरधाम–२ मा २० वटा र वडा–३ मा १० वटा सिसिटिभी जडान गरिएको हो । यी दुवै वडाका विभिन्न स्थानमा गरी ३० वटा सिसिटिभी जडान गरिएको छ । यसका लागि वडा–२ मा १० लाख र वडा–३ मा ५ लाख बजेट छुट्याइएको थियो ।

वडा कार्यालयहरूले जडान गरिदिएको यी सिसिटिभीको निगरानी तथा सञ्चालनको जिम्मेवारी जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ । सिसिटिभी जडानले अपराधिक घटनाको न्यूनीकरण तथा अपराधीको पहिचानमा सहयोग पुग्ने धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
सिसिटिभी जडानका लागि वडा–३ का सदस्य रितेश भगतले पहलकदमी लिएका थिए ।
०००

प्रतिक्रिया