राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा पालिकास्तरीय ४ दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । तिलाठी–कोइलाडी गाउँपालिकाको सहयोगमा जनजाति सेवा केन्द्र तिलाठी कोइलाडी गाउँपालिका–६ ले पत्रकारिता तालिम आयोजना गरेको हो ।
जनजाति सेवा केन्द्रका सदस्य एवं घरआँगन दैनिकका प्रकाशक सम्पादक प्रकाश कुमार मण्डलको अध्यक्षतामामा आयोजित तालिमको प्रमुखअतिथि तिलाठी कोइलाडी गाउँपालिका–८ का वडा सदस्य ललितकुमार मण्डलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुखअतिथि मण्डल, विशिष्ट अतिथि तिलाठी कोइलाडी गाउँपालिका–७ का पूर्व वडा अध्यक्ष गुलाब सिंह, न्युज टुडे दैनिकका कार्यकारी सम्पादक बृजमान तामाङ, प्रहरीचौकी को.बर्साइनका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त कुमार तामाङ लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा तिलाठी कोइलाडी गाउँपालिकाका मावि स्तरका २५ जना छात्रछात्राको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया