स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

जनकपुरधाम । स्कुटरको ठक्करबाट वीरगञ्जमा १ पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महाानगरपालिका–१८ सुखचैनाकी ३५ बर्षिया गीतादेवी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, आइतबार परवानीपुरबाट वीरगन्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२७ प ८०९३ नम्बरको स्कुटरले गण्डक चोकस्थित सडकमा पैदलयात्री गीता देवीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी बयोधा मेडासिटी हस्पिटलमा पुरयाइएकोमा उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कुटर र त्यसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया