मधेसमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिइएको छ ।

मंगलबार प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ जनकपुरधाममा बोलाइएको बैठकमा उनले सो निर्देशन दिइएको छ । मुख्यमन्त्री सिंहले प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुखलाई मधेसमा चोरी, डकैतीजस्ता घटनाहरूलाई न्यूनीकरण गर्न राती गस्ती खटाउन र तस्करीलाई रोकथाम गर्न निर्देशन दिइएको हो । प्रदेशमा बढ्दो महिला हिंसा, आपराधिक क्रियाकलाप, आत्महत्या लगायतका घटनालाई रोकथाम गर्न प्रहरीको विशेष भूमिका रहेकोले यस्ता क्रियाकलपा रोक्न समाजमा जनचेतना फैलाउन पनि आग्रह गरे ।

सुन्दर र शान्त मधेस प्रदेशको कल्पना गरे बमोजिमको अगामी कार्ययोजना बनाउन पनि मुख्यमन्त्री सिंहले प्रहरी अधिकारीहरूसँग सुझाव लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रहरी अधिकारीहरूले पनि आफ्नो अगामी योजनाबारे मुख्यमन्त्रीलाई जानकारी गराएको थियो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा व्यवस्थाहरूबारे ब्रिफिङ गरेको थियो । बैठकमा प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेलसहित मधेस प्रदेशका ८ वटै जिल्लाका सुरक्षा निकायको प्रमुखहरूको उपस्थिति रहेको मुख्यमन्त्री सिंहको सचिवालयले बताए ।

प्रतिक्रिया