रौतहट । जिल्लाको सदरमुकाम गौरबाट प्रहरीले चाँदीको गरगहनासहित १ जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय नजिकबाट प्रहरीले १ किलो ४०० ग्राम चाँदीको गरगहनासहित रौतहट जिल्लाको माधव नारायण नगरपालिका–१ दिपही निवासी ४२ वर्षीय दिनेशप्रसाद साहलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अटोरिक्सालाई नियमित चेकजाँच गर्ने क्रममा साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सेतो कपडाको बेल्ट बनाएर कम्मरमा बाँधेर लुकाइछुपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीको टोलीले साहबाट चाँदीको सिक्री ९ पिस, पेच रिङ २ पिस र पाउजू ७ जोडा गरी १ किलो ४०० ग्राम गरगहना बरामद गरिएको प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताएका छन् ।
१ लाख ९६ हजार मूल्य बराबरको चाँदीको गरगहनासहित पक्राउ परेका साहलाई कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया