सडक छेउको खाल्टोमा एक बालकको शव फेला

रौतहट । रौतहटको राजदेवी नगरपालिका– १ पथरा टोलस्थित सडक छेउको खाल्टोमा एक बालक मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो करिब ४ बजेदेखि सम्पर्कविहिन भएका ११ वर्षीय बालक खाल्टोको पानीमा मृत अवस्थामा मंगलबार बिहान फेला परेका हुन् ।

स्थानीय जितेन्द्र साह तेलीका ११ वर्षीय छोरा अंकुश साह पूर्वी पथरा र पश्चिमी पथराको बिचमा रहेको खाल्टोको पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सोमबार साँझ निस्केका अंकुश मंगलबार पानीमा डुबेको अवस्थामा भेटिएको वडा अध्यक्ष राम नरेश यादवले बताए ।

मृत अवस्थामा भेटिएका अंकुशको शरीरमा लगाएको लुगा गाएब रहेकाले लगाएको कपडा कहाँ र कसरी गाएब भएको विषयले शंका उब्जाएको उनले बताए । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया