शत्रुघ्न सिन्हा अस्पताल भर्ना

मुम्बई । बलिउडका दिग्गज अभिनेता शत्रुघ्न सिन्हा अस्पतालमा भर्ना भएका छन् । बिहे भएको ६ दिनपछि अभिनेताकी छोरी सोनाक्षी सिन्हा र ज्वाईं जहीर इकबालको गाडी अस्पताल बाहिर देखिएको थियो ।

नवविवाहित जोडीलाई अस्पतालमा देखेपछि अनकौँ अड्कल बाजी पनि चले । तर, अहिले यसबारे जानकारी आएको छ । सोनाक्षीका पिता शत्रुघ्न सिन्हालाई चोट लागेकोले अस्पतालमा भर्ना गरिएको थियो ।

‘पितालाई केही दिनअघि भाइरल ज्वरो आएको थियो, उनी कमजोर पनि थिए त्यसैले हामीले उनलाई अस्पतालमा भर्ना गरायौँ ।’ अभिनेताका छोरा लवले बताएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको थियो । टाइम्स नाउले भने अभिनेता घरको डाइनिङ हलमा चिप्लिएर लडेको र उनलाई चोट लागेकोले अस्पताल लगिएको बताएको छ ।

एकदिन घरमै उपचार गरिएको भए पनि दुःखाइ कम नभएपछि उनलाई अर्को दिन बिहान कोकिलाबेन अस्पताल लगिएको र डाक्टरहरूले उनलाई भर्ना गर्न सल्लाह दिएको बताइएको छ ।

प्रतिक्रिया