गायक विश्वरामको ‘तनाबै तनाब छ’

काठमाडौं । गायक विश्वराम कार्कीले नयाँ गीत ‘तनाबै तनाब छ’ बजारमा आएको छ । उक्त गीतको भिडियो गायक कार्कीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा शब्द र संगीत पनि उनकै रहेको छ । संगीत संयोजन बिसाल निरौलाले गरेका हुन् ।

सिर्जन बरालको निर्देशन रहेको भिडियोमा गायक कार्कीसँगै मोडल सुश्मा रोक्का, मेगेन्द्र सुवेदी र ईन्द्र तामाङले अभिनयय गरेका छन् । करण चैशिरको छायांकन रहेको सो भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया