रुकुम पश्चिम । गत शनिबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । वर्षापछि आएको पहिरोको कारण अवरुद्ध भएको मध्यपहाडी राजमार्गको रुकुम खण्डमा आजदेखि यातायात सूचारु भएको हो ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ किटेनीमा शनिबार बेलुका आएको पहिरोले अवरुद्ध भएको राजमार्गको पहिरो हटाएपछि सोमबार मध्यान्हबाट सडक सञ्चालनमा आएको छ । तीन दिनपछि उक्त सडक खण्डमा यातायातका साधनहरु चलेका छन् ।
मध्यपहाडी राजमार्ग कार्यालयले अवरुद्ध भएका सडक सूचारु राख्नको लागि आवश्यक सामग्री समयमै उपलब्ध गराउन नसक्दा तीन दिनपछि राजमार्ग खुलेको हो ।
किटेनीमा गएको पहिरोले सडक अवरुद्ध बनेपछि पोखरा हुँदै, रुकुम पूर्वबाट रुकुम पश्चिम, सल्यान, दाङ, सुर्खेत, नेपालगञ्ज र रुकुम पश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडौं जाने सवारी साधनहरु सडकमै रोकिएका थिए ।
मध्यपहाडी राजमार्गको ठाउँ–ठाउँमा पहिरो जाँदा यात्रुले सास्ती खेप्दै आएका छन् । रुकुम खण्डको विभिन्न भागमा गएको पहिरो हटाएर राजमार्ग सूचारु गरिएको कार्यालयले जनाएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया