सुर्खेत । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए ।
प्रिन्सको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घाइते बुबा रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।– रासस
प्रतिक्रिया