नेपाल क्युकोशिन कान कराते संघ धनुषाको पुनर्गठन

जनकपुरधाम । नेपाल क्युकोशिन कान कराते संघ धनुषा शाखाको पुनर्गठन गरिएको छ । नेपाल क्युकोशिन कान कराते संघ मधेस प्रदेशका वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खाँ, नेपाल क्युकोशिन कान कराते संघ धनुषाका पूर्वअध्यक्ष तथा लोकतान्त्रिक खेलकुद संघ मधेस प्रदेशका अध्यक्ष सुनिलकुमार यादव, संघका निर्वातमान अध्यक्ष विष्णुकुमार यादवको विशेष उपस्थितिमा शनिबार संघ, धनुषा शाखाको पुनर्गठन गरिएको हो ।

नवगठित समितिको अध्यक्षमा सनिकुमार सिंह, वरिष्ठ उपाध्यक्षमा धमेन्द्रकुमार यादव, उपाध्यक्षमा चाँदनीकुमारी झा, सचिवमा कमलेश मण्डल र कोषाध्यक्षमा शिवेन्द्रकुमार यादवलाई सर्वसहमत चयन गरिएको छ ।

त्यसैगरी, संघको सदस्यहरूमा नेहाल अली, श्रवण नारायण अधिकारी, खुश्बुकुमारी यादव, समिरण यादव, सूर्यनारायण यादव र सोहना खातुन रहेका छन् । त्यसैगरी, संघको सल्लाहकारमा पत्रकार हदीस खुद्दार, मोहम्मद असगर खाँ, विष्णुकुमार यादव, राकेशकुमार यादव, गौतमकुमार साह, सुनिलकुमार यादव, लक्ष्मेश्वर यादव, रामइश्वर महरा, पंकज यादव, संजय मिश्र र संजय दास रहेका छन् ।

प्रतिक्रिया