ओसिकाई संघ नेपालको प्रदेश कार्यसमिति चयन

जनकपुरधाम । नेपाल लोकतान्त्रिक खेलकुद संघ धनुषाका अध्यक्ष अखिल मढीको नेतृत्वमा जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपालको मधेस प्रदेश कार्यसमिति चयन गरिएको छ ।

जनकपुरधाममा सम्पन्न जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपालको प्रथम मधेस प्रदेश अधिवेशनबाट मढीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो ।

प्रदेश कार्यसमितिको उपाध्यक्षमा मानवेन्द्र निधि र भरतबहादुर थापालाई चयन गरिएको छ भने सचिवमा कृष्णकुमार साह र कोषाध्यक्षमा डा. मिशा महासेठ रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा राजुकान्त कामत, अमरबहादुर गुरुङ, विजय अधिकारी, कुसल आचार्य, उमेश महतो, रविना श्रेष्ठ, अरविन्द साफी, सुशिल छुडारि, विवस गौतम र विजय ठाकुरलाई चयन गरिएको छ ।

प्रतिक्रिया