कोलिम्बया नकआउट चरणमा प्रवेश

न्युयोर्क । कोपा अमेरिका फुटबलमा ब्राजिल र कोलम्बियाले फराकिलो जित हात पारेका छन् । शनिबार बिहान भएको समूह ‘डी’ को खेलमा पाराग्वेलाई ४–१ गोलले हराउँदै ब्राजिल नकआउट चरण नजिक पुगेको छ । ब्राजिलका लागि भिनिसियस जुनियरले २ तथा साभियो र लुकास पाक्वेटाले १–१ गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि ओमार अलडेरेटले गोल फर्काएका थिए ।

जितपछि ब्राजिल २ खेलबाट ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । यस्तै, लगातार दोस्रो हार बेहोर्दै पाराग्वे प्रतियोगिताबाट बाहिरिएको छ । ब्राजिलले समूह चरणको अन्तिम खेल जुलाई ३ मा कोलोम्बियासँग खेल्नेछ । यस्तै, पाराग्वेले कोस्टारिकासँग खेल्नेछ ।

कोलम्बिया भने प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान नै एरिजोनामा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा कोस्टारिकालाई ३–० गोलले हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

कोलम्बियाका लुइस डियाज, डेविसन सान्चेज र जोन कोर्डोबाले १–१ गोल गरेका थिए । लुइसले खेलको ३१औँ मिनेटमा कोलम्बियालाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, ५९औँ मिनेटमा सान्चेज र ६२औँ मिनेटमा कोर्डोबाले गोल गर्दै कोलम्बियालाई ३–० गोलको जित दिलाए ।

जितसँगै कोलम्बिया २ खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको कोस्टारिका १ अंकका साथ चौथो स्थानमा छ । समान खेलबाट दोस्रो स्थानमा रहेको ब्राजिलको ४ अंक छ भने तेस्रो स्थानमा रहेको कोस्टारिकाको १ अंक छ । पाराग्वेको १ अंक छ । अन्तिम खेलमा कोलम्बिया र कोस्टारिका विजयी भए विजयी भए ब्राजिल र कोस्टारिका बीचको टुंगो गोल अन्तरको आधारमा हुनेछ । अन्यथा ब्राजिल दोस्रो चरणमा प्रवेश गर्नेछ ।

समूह ‘ए’बाट अर्जेन्टिना दोस्रो चरणमा प्रवेश गरिसकेको छ । दोस्रो स्थानका लागि क्यानडा, चिली र पेरुकाबीच प्रतिस्पर्धा छ । समूह ‘बी’मा भेनेजुएला दोस्रो चरणमा प्रवेश गरिसकेको छ । इक्वेडर, मेक्सिको र जमैका सो समूहका बाँकी टोली हुन् । समूह ‘सी’बाट उरुग्वे दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । अमेरिका, पानामा र बोलिभिया सो समूहमा छन् ।

प्रतिक्रिया