काठमाडौं । गायक तथा संगीतकार हेमन्त शिशिरले आफ्नो नयाँ गीत ‘सँगै जुनी काटौँला’ ल्याएका छन् । उक्त गीतको भिडियो बिहीबार विमोचन गरेर युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
उक्त गीतमा गायक हेमन्त शिशिर र बाल गायिका पुजा देवकोटाको स्वर रहेको छ भने अञ्जु बिसीको शब्द, हेमन्त शिशिरको संगीत, एरेञ्ज तथा ध्वनी सम्पादन रहेको छ । त्यसैगरी गीतको भिडियोमा प्रविन थापाको निर्देशन, सरोज शाहीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ ।
सो भिडियोमा हेमन्त शिशिर र मोडल स्मारिका ढकालको अभिनय रहेको छ । हेमन्त शिशिरको आफ्नै युट्युब च्यानलमार्फत् गीतको भिडियो सार्वजनिक गरिएको हो । हेमन्तको उक्त गीत विमोचन कार्यक्रममा वरिष्ठ लोक गायक बमबहादुर कार्की प्रमुख आतिथि रहेका थिए ।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, म्युजिक खबरका प्रधान सम्पादक सुमन पण्डित, संगीतकार तथा संगीत प्रशिक्षक नरहरी प्रेमी, स्पेश फोरके टेलिभिजनका समाचार सम्पादक खेमबहादुर बम, उक्त गीतकी मोडल स्मारिका ढकाल, मोडल एसके दाहाल लगायतको उपस्थिती रहेको थियो ।
बिहीबार गीत विमोचन गर्दै वरिष्ठ गायक बमबहादुर कार्कीले माया प्रेमका भावना र मौलिक शब्द समावेश भएको बताए । त्यसैगरी गायक हेमन्त शिशिरले गीतको शब्दमा माया प्रेमका प्रसंगसँगै घरायसी विषय पनि उठान गरेको बताए ।
प्रतिक्रिया