रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातिय विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । नरपालिकाको १९औँ नगरसभाको अवसरमा आज नगद एक लाख रुपैयाँसहित एक जोडीलाई सम्मान गरेको हो ।
चौरजहारी नगरपालिका– २ लापलुले का स्थानीय लोकेन्द्र परियार र रोल्पाको परिवर्तन गाउँपालिका –३ की खुमा केसीलाई पालिकाले नगदसहित सम्मान गरेको नगरप्रमुख पुष्प वादीले जानकारी दिए ।
पालिकामा जातीय विभेद अन्त्य गर्ने उदेश्यले नगरपालिकाले ल्याएको अन्तरजातिय विवाह गर्ने जोडीहरुलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत उनीहरुलाई सम्मान गरिएको नगरप्रमुख वादीले बताए । उनले भने, ‘अन्तरजातिय विवाह गरी सामाजिक साँस्कृतिक रुपान्तरणका लागि प्रशंसनिय एवम् अनुकरणीय कार्य गरेकोले उहाँहरुलाई सम्मान गरिएको हो ।’
गत वर्षदेखि नगरपालिकाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ । गत वर्ष अन्तरजातिय विवाह गर्ने दुई जोडीलाई सम्मान गरिएको थियो । यस पटक पनि पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।
रुकुम पश्चिम
प्रतिक्रिया