नायक बन्ने दौडमा खेलाडी

टी–२० विश्वकप क्रिकेट

विश्व क्रिकेटको आकर्षण अहिले एक दिवसियबाट टी २० मा पुगेको छ । तर यसरी टी २० आकर्षण भएको धेरै भएको छैन । सन् २००७ को समयसम्म एक दिवसीय क्रिकेटमा नै रोमाञ्च थियो । संसारका प्राय व्यक्तिका लागि ५० ओभरको खेलको आकर्षण थियो । एकातर्फ पट्यारलाग्दो पाँच दिनको टेस्ट खेलमा धेरैको आकर्षण रहने कुरा नै भएन।

सन् २००७ सम्म टी–२० मा आकर्षण अहिलेको जस्तो थिएन । इङ्ग्ल्यान्ड र भारत बिचको खेलमा स्टुवार्ड ब्रोडले एकै ओभरमा प्रहार गरेको ६ छक्का, धोनीको उत्कृष्ट नेतृत्व र भारतको चार वर्षे सफल युगको सुरुवात । यी सबै कारणले सन् २००७ को पहिलो टी–२० विश्वकप धेरैका लागि स्मरणीय छ ।
आइसिसी विश्वकप टी २० क्रिकेटको नवौँ संस्करण वेस्ट इन्डिज र अमेरिकामा जारी छ । सुपर एटका खेलहरु भइ सकेका छन् । भलै, पाकिस्तान र न्युजिल्यान्ड लगायत देशका स्टारहरु पहिलो चरणबाट नै घर फकिए । यो विश्वकपको सुपर एट चरण कुन रूपमा अघि बढ्ने छ र कस्ता स्टारले सफलता पाउने छन् भन्ने अनिश्चित नै छ ।यो विश्वकपमा केही स्टार पक्कै छाउने अपेक्षा सुरु देखिनै गरिएको थियो ।

भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिगमा विराट कोहलीले ७०० रन प्रहार गरे। एउटा आईपिएलमा यो सफलता पाउने उनी पहिले खेलाडी हुन ्। एक दिवसीय विश्वकप २०२३ मा पनि कोहली उत्कृष्ट खेलाडी भएका थिए । टी–२० विश्वकपमा पनि कोहली पक्कै हेर्न लायक खेलाडी हुन् ।

पहिलो चरणमा उी असफल रहे । तथापी भारतीय क्रिकेटका पारखीहरु कोहली अझै छानउ सक्ने र भारत उपाधि जित्न सक्नेमा आशावादी छन् ।
संसारका हरेक शैलीमा छाउने सम्भावना भएका खेलाडीमा पाकिस्तानी कप्तान बाबर आजम हुन् । तथापी यो विश्वकपमा न आजम जमे । जमत पाकिस्तान नै । आजमको कमजोर प्रदर्शनसँगै पाकिस्तान घर फकिृसकेको छ ।

सन् २०१९ को विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डलाई जिताउने क्रममा सुपर ओभरमा बलिङ गरेका जोफ्रा आर्चर अर्का हेर्न लायक खेलाडी हुन् । उनी लामो समय चोटका कारण खेलबाट टाढा रहेका थिए । यस टी २०मा अअर्चर पनि जम्न सकेका छैनन् । भारतका जसप्रित बुमराह र अमेरिकाका सौरभ नेत्रवालकर लगायत बलरका सामु उनी फिक्का रहेका छन् ।

बारबाडोसमा जन्मिएका उनको उपस्थिति वेस्ट इन्डिजको पिचमा उपयोगी हुनसक्छन ्। बाँकी रहेका खेलमा जमे उनले ङ्ग्ल्यान्डलाई तेस्रो पटक टी–२० विश्वकपको उपाधि दिलाउन सक्छन ्। विपक्षीलाई स्पिन बलिङले हैरान पारेर मुसुक्क मुस्कुराउने रसिद खान पक्कै पनि अर्का हेर्न लायक खेलाडी हुन् । उनी भने यस आइपिएलमा छाएका छन् । तर उनी अपेक्षा गरे जस्तो चाँही छैनन् । उनले ९ विकेट लिएका छन् । अफगानिस्तानका फरजाल फारुक्युले सर्वाधीक १५ विकेट लिएका छन् । एडम जाम्पाले ११ विकेट लिएका छन् ।
उत्कृष्ट बलर, तल्लो क्रमका ब्याट्सम्यान र राम्रो कप्तानको रूपमा उनी छाउन अपेक्षा गरिएका खानले पनि बाँकी खेलमा अफगानिस्तानलाई जीताउन ठूलो भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यी लेग स्पिनरका सिकार संसारका जो कोही ब्याट्सम्यान हुन सक्छन् । अफगानिस्तानको अबको यात्रा खानमा नै धेरै हदसम्म निर्भर रहने विश्लेषकको अनुमान छ ।

सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजलाई विश्वकप उपाधि दिलाएका आन्द्रे रसेल हालै कोलकाता नाइट राइडर्सलाई आइपिएल जिताउन पनि सफल भएका थिए । ३६ वर्षीय उनले ब्याट र बलमा गरेको प्रदर्शन कोलकाताको आइपिएल यात्रामा धेरै सहयोगी बनेको थियो। उनको अलराउण्ड प्रदर्शन पक्कै पनि वेस्ट इन्डिजका लागि सहयोगी हुने उनका समर्थकको विश्वास छ ।
उनले बलिङ तर्फ ६ विकेट लिएका छन् । उनले ६३ रन प्रहार गरेका छन् । वेस्टइन्डिजका शीर्ष क्रमका ब्याट्सम्यान छाएका काराण् ब्याटिङमा उनले अनुमान गरे जस्तो भएको छैन ।

तथापी संकटको समयमा रसेल नै नायक हुन सक्ने विश्लेषकहरुको मत छ ।
३२ वर्षीय एडम जाम्पा टी–२० विश्वकपमा हेर्न लायक खेलाडी हुन्। ह्वीस्ट स्पिनर जाम्पाको २०२३ विश्वकपमा प्रदर्शन मिश्रित थियो। विश्वकपमा अस्ट्रेलियाले कमजोर सुरुवात गर्दा जाम्पाको प्रदर्शन पनि उम्दो थिएन । अस्ट्रेलिया जागी रहेको समयमा जाम्पाको प्रदर्शन कमजोर थिएन। अर्को विशेषज्ञ स्पिनर अस्ट्रेलियाको टोलीमा नभएका कारण जाम्पा नै छाउने अनुमान गरिएको थियो । अनले अनुमान अनुसार नै प्रभावकारी प्रदर्शन गरेका छन् ।

पाकिस्तान विरुद्धको श्रृंङ्लामा न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यान फिन एलनले शानदार प्रदर्शन गरेका थिए। उनको छक्का प्रहार गर्ने क्षमता अभूतपूर्व थियो। उनले पाकिस्तान विरुद्धमा शृङ्खलामा १३६ रन प्रहार गरेर शीर्ष एक दिवसीय रन प्रहार गर्ने किवी ब्याट्सम्यानको कीर्तिमानमा ब्रेन्डम म्याककुलुमलाई पछि पारेका थिए । उनी असफल भएसँगै न्युजिल्यान्डको टोली पनि असफल भएको छ ।

सन् २०२३ मा चोटसँग संघर्ष गरेका हानीन्दु हरसंगां चोटबाट मुक्त हुँदै विश्व क्रिकेटमा फर्किएका छन् । ६३ अन्तर्राष्ट्रिय टी–२० मा १५ को औसतमा १०४ रन साँच्चै महत्वपूर्ण हो। गएको वर्ष मार्को जेन्सनसँगै गेराल्ड कोयट्जेले आफूलाई दक्षिण अफ्रिकी पेस आक्रमणको एउटा भरपर्दो हतियारको रूपमा स्थापित गराइसकेका छन् । तर यस विश्वकपमा उनी पहिलो रोजाइको टोलीमा नै धेरै रहेनन् ।

आईसिसीको अलराउण्डर वरीयता क्रममा हसांगा पछि दोस्रो स्थानमा रहेका सकिबल अल हसन ३७ वर्षको उमेरमा पनि त्यत्तिकै प्रभावशाली छन् । १२२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका उनले १२२ को स्ट्राइक रेटमा १२ अर्धशतक प्रहार गरेका थिए । बायाँ हाते स्पिनर उनले २० औं औसतमा १४६ विकेट लिए। टी–२० का सबै आठ संस्करणमा सहभागी हुने एक्लो खेलाडी हुन् । हसन पनि अनुमान गरे जस्तो छाएनन् ।

गएका वर्षमा गरिएका प्रदर्शनका आधारमा यो अनुमान गरिएको थियो । यी धेरै खेलाडीको प्रशर्दन अनमुान गरे जस्तो भएको छ्रैन । परन्तु आगामी खेलमा ती छाउने अनुमान छ । गएको वर्ष टी– २० मा सबै भन्दा आकर्षक मध्य क्रमका ब्याट्सम्यानको रूपमा हेन्रीक क्लासेन उदाए। उनी राष्ट्रिय टिमबाट खेल्दा होस या फ्रेन्चाइज, दुवैमा उनी त्यत्तिकै सफल भए । दक्षिण अफ्रिकी क्रिकेट टोलीमा ट्रिस्टीयन स्टब्स पनि अटाएका छन् । उनले आफ्नो उपस्थितीको औचीत्य देखाइसकेका छन् । नेपालसँगको खेलमा त उनको प्रदर्शन गजव थियो ।

भारतमा हालै सम्पन्न भएको आइपिएलमा स्ट्रब्सले शानदार प्रदर्शन गरे । उनको टोली प्ले अफमा प्रवेश गर्न सकेको थिएन । । दुई संरचनाको खेलमा अस्ट्रेलियालाई सफलता दिलाउने कप्तान प्याट कुमिन्स, मध्य क्रमका ग्लेन म्याक्सवेल र गत एक दिवसीय विश्वकपका नायक ट्रेभिस हेड त हेर्न लायक खेलाडी भए पनि अझ उनीहरुको पिक फर्म हेर्न बाँकस् नै छ ।
भारतीय टोलीका शीर्ष क्रमका ब्याट्सम्यान तथा वेस्ट इन्डिजका हिटरप्रति हरेक टी–२० विश्वकपको समयमा धेरैको चासो जाग्नु स्वाभाविक नै हो । यी नै मध्येका केही स्टारको बारे यहाँ जानकारी गराइएको हो ।

सन्तुलित न्युजील्यान्डका कुनै पनि खेलाडी कुनै पन समय क्लिक हुनसक्ने कुरामा धेरै क्रिकेट समीक्षक ढुक्क छन ्। टी–२० विश्वकपको एक महिने रोमाञ्चमा अन्य अनुमान गर्न नसकेको कुरा पनि देख्न सकिएला। जसरी कुनै समय युवराज सिंहले स्टुवार्ड ब्रोडको एक ओभरमा ६ छक्का हानेर सनसनी फैलाए । वेस्ट इन्डिजका कार्लोस ब्राथह्वाइटले अन्तिम ओभरका लगातार ४ छक्का प्रहार गरेर इङ्ल्यान्डको हातबाट नै ट्रफी खोसेको जस्ता अस्वाभाविक प्रदर्शनको सम्भावना त छदै छन् । समिक्षकहरुकै मतमा स्टारले दिने रोमाञ्च अझ बाँकी छ ।

प्रतिक्रिया