रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ६ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ गोतामकोटबाट राडी बजारतर्फ आउँदै गरेको जिप दुर्घटना भएको छ । आज विहान ग १ ज ७२५४ नम्बरको जिप जाजरकोटको नलगाड नगरपालिका- १० रग्दामा दुर्घटना भएको हो ।

उक्त जिप दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । घाइतेहरुको आठबिसकोट स्थित नगर अस्पतालमा उपचार भैरहेको जनाईएको छ । घाइतेमध्ये आठबिसकोट नगरपालिका ५ गोतामकोटका मोहन बुढा र जोगे महताराको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया