कटहरिया नगरपालिकाले ल्यायो ४६ करोड बढी बजेट

रौतहट । रौतहटको कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । बुधबार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । कटहरियास्थित नगरपालिकाको प्रांगणमा बजेट अधिवेशन बोलाइएको थियो । नगरप्रमुख अजय प्रकाश प्रकाश जयवालको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो ।

नगरसभाको १०अ‍ैँ अधिवेशनबाट जनमुखी नीति र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको नीति तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोडभन्दा बढी बजेट विनियोजन गरेको हो । हरेक वर्ष असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ ।

तर, कटहरिया नगरपालिकाले सो समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न गरेर बजेट ल्याउनेमा पहिलो पालिका बनेको छ । धेरै उत्साहका साथ सम्पन्न भएको नगरसभा बाट कटहरिया नगरपालिकाको जनताको मन जित्ने किसिमको नीति तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख जयसवाल र प्रमुख प्रशाकिय अधिकृत सुरेन्द्र प्रधानले नीति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए ।

नगरको चौतर्फी विकासकाा लागि आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ४६ करोड ६२ लाख ५४ हजार रुपैयाँको बजेट पारित गरिएको नगरप्रमुख जयसवालले जानकारी दिए । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पूर्वाधार निर्माण, पर्यटन तथा संस्कृतिलगायतको विशेष प्राथमिकतामा राखेर उक्त बजेट प्रस्तुत गरिएको जयसवालले बताए ।

सो नगरपालिकाको संघीय वित्तिय समानीकरण अनुदान ११ करोड ५२ लाख, संघीय राजश्व बाँडफाँड १० करोड ११ लाख, संघीय सशर्त अनुदान चालु १८ करोड ४३ लाख २९ हजार, संघीय सरकार सशर्त पुँजिगत ३ करोड ६६ लाख २५ हजार, संघीय सरकार समपुरकमा अनुमानित ५० लाख, वित्तिय समानिकरण प्रदेश सरकार ९० लाख, विशेष अनुदान प्रदेश सरकार २० लाख र आन्तरिक राजस्व १ करोड गरी कुल ४६ करोड ६२ लाख ५४ हजार बजेटको आयको प्रक्षेपण गरिएको छ ।

कार्यक्रम सञ्चालन शिक्षा संयोजक अनिल निधिले गरेका थिए । सो अवसरमा वडा नम्बर १ का वडाध्यक्ष भूपेन्द्र महतो कोईरी, वडा नम्बर ३ का वडाध्यक्ष श्याकान्त यादव, वडा नम्बर ६ का वडाध्यक्ष जयराम चौधरी, वडा नम्बर ८ का वडाध्यक्ष समिश बिक्रम शाह, वडा नम्बर ९ का वडाध्यक्ष रूपेश यादव, कार्यपालिका सदस्य मनोजकुमार साहसहित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया