टी-२० विश्वकप क्रिकेट : यी हुन् ‘सुपर-८’ मा पुगेका टोली

काठमाडाैं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार बिहानको खेल सकिएसँगै ‘सुपर-८’ मा पुग्ने टोलीको टुंगो लागेको छ ।नेपाललाई पराजित गरेसँगै बाङ्लादेश अर्को चरणमा पुगेको छ । नेपाल रहेको समूह ‘डी’ को शीर्षस्थानमा रहँदै दक्षिण अफ्रिका यसअघि नै ‘सुपर-८’ मा पुगिसकेको छ ।

त्यस्तै, समूह ‘ए’ बाट भारत र अमेरिका, समूह ‘बी’ बाट अस्ट्रेलिया र इङ्ल्यान्ड तथा समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज ‘सुपर-८’ मा पुगेका छन् । यस पटक पाकिस्तान, न्यूजिल्यान्ड र श्रीलंका समूह चरणबाटै बाहिरिएका छन्। नेपालसँगै एशोसिएट टोलीबाट अमेरिका अर्को चरणमा पुग्न सफल भएको छ ।

‘सुपर-८’ मा पुगेका आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। समूह-१ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बाङ्लादेश छन्। त्यस्तै समूह-२ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, इङ्ल्यान्ड र अमेरिका छन् ।

अब दुवै समूहका टोलीले आपसमा प्रतिस्पर्धा गर्नेछन् । समूहको शीर्षस्थानमा रहेका दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

उता, १० वर्षपछि टी-२० विश्वकपमा पुगेको नेपालको यात्रा भने सुखद रहेन । नेपालले समूह चरणका चारमध्ये तीन खेलमा हार बेहोर्‍यो भने एक खेल वर्षाका कारण रद्द हुँदा श्रीलंकासँग एक-एक अंक बाँडेको थियो ।

प्रतिक्रिया