मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १ र २ मा पर्ने पारिवन सामुदायिक वन र भदाली सामुदायिक वनमा भीषण आगालागी भएपछि छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम आफैँ आगो नियन्त्रणमा जुटेका छन् ।
गत बुधबार राति एक्कासी जंगलमा आगो लागेपछि समुदायका स्थानीयहरु निरन्तर लागे पनि नियन्त्रणमा आउन सकेको थिएन ।
शनीबार नगरप्रमुख भामको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी जिल्लाका सरोकारवाला निकाय स्थानीयवासीको सक्रियतामा डढेलो नियन्त्रणमा जुटेपछि डढेलो नियन्त्रणमा आएको हो । आगो कसले र किन लगाएको भन्ने जानकारीमा छैन । तर आगो लगाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मुगु
प्रतिक्रिया