म्युनिख । युरो कप फुटबलमा जर्मनीले सानदार सुरुवात गरेको छ । गएराति जर्मनीको फुटबल एरिना म्युनिखमा भएको खेलमा स्कटल्याण्डलाई ५–१ गोलले हराउँदै आयोजक जर्मनीले विजयी सुरुवात गरेको हो ।
जर्मनीको जितमा फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले एक–एक गोल गरेका थिए । स्कटल्यान्डलाई भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । जर्मनीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेका थिए ।
खेलको १०औँ मिनेटमा जर्मनीका फ्लोरियनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जितसँगै समूह ‘ए’ को जर्मनीले ३ अंक जोडेको छ । जर्मनीले दोस्रो खेलमा हंगेरीसँग तथा स्कटल्यान्डले स्वीट्जरल्यान्डसँग खेल्नेछन् ।
प्रतिक्रिया